काठमाडौं। साढे दुई वर्ष अगाडि बलिउड अभिनेता शाहरुख खानले ल्याएको चलचित्र ‘जिरो’ फ्लप भयो। त्यसपछि दुई वर्ष पाँच महिना चुप लागेर बसेका शाहरुक सेटमा फर्केका छन्।
लामो समयको कुलिङ ब्रेकपछि उनी आफ्नो नयाँ चलचित्र ‘पठान’ को छायांकनका लागि निस्किएका हुन्। शाहरुख दुई वर्ष पाँच महिनापछि छायांकनमा निस्किएका हुन्।
शाहरुखको ओपोजिटमा दीपिका पादुकोण देखिनेछिन्। चलचित्रमा जोन अब्राहम भिलेनको रोलमा छन्। शाहरुख छायांकनमा निस्किएपनि जोन र दीपिका केही दिन पछि जानेछन्। उनीहरू यतिबेला सत्यमेव जयते–२ को छायांकनमा व्यस्त छन्।
चलचित्रको एक महिना स्टुडियोमै इन्डोर छायांकन हुनेछ। यशराजको ब्यानरमा बन्न लागेको चलचित्रमा शाहरुख, दीपिका, जोन लगायतको कलाकारको अभियन हुनेछ।
'पठान'पछि शाहरुख राजकुमार हिरानीको चलचित्रको छायांकनमा जानेछन्। माइग्रेशनमा आधारित भएर बन्ने चलचित्रमा पनि शाहरुख मुख्य भूमिकामा हुनेछन्। अहिले चलचित्रको कथा लेख्ने काम भइरहेको छ।
सन् २०१८ मा रिलिज भएको चलचित्र हिरो फ्लप भएपछि शाहरुखले अहिलेसम्म कुनै चलचित्रमा काम गरेका थिएनन्। यो बीचमा उनले ५० भन्दा बढी चलचित्रको स्क्रिप्ट पढे। तर, कुनै पनि चलचित्रको कथा मन परेन्।
त्यसपछि उनी उत्कृष्ट चलचित्रको पर्खाइमा रहे। अहिले पठान चलचित्रको कथा नै एकदम राम्रो लागेपछि काम गर्न तयार भएको उनको भनाई छ।
२०० करोड भारुमा बनेको उक्त चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेको थिएन। २०० करोडमै बन्न लागेको यो चलचित्रलाई शाहरुखले आफ्नो प्रतिष्ठाको विषय पनि मानेका छन्।
" /> काठमाडौं। साढे दुई वर्ष अगाडि बलिउड अभिनेता शाहरुख खानले ल्याएको चलचित्र ‘जिरो’ फ्लप भयो। त्यसपछि दुई वर्ष पाँच महिना चुप लागेर बसेका शाहरुक सेटमा फर्केका छन्।लामो समयको कुलिङ ब्रेकपछि उनी आफ्नो नयाँ चलचित्र ‘पठान’ को छायांकनका लागि निस्किएका हुन्। शाहरुख दुई वर्ष पाँच महिनापछि छायांकनमा निस्किएका हुन्।

">