करोडले हेरे ‘चौतारीको बर’ <p>काठमाडौं &nbsp;गायक विक्रम परियार र सुमित्रा तामाङले गाएको लोक दोहोरी गीत &lsquo;चौतारीको बर&rsquo; युट्युबमा एक करोडभन्दा धेरैपटक हेरिएको छ।</p> <p>बसन्त थापाको संगीत, नकुल ढकालको शब्द तथा आशिष अविरलको एरेन्ज रहेको गीतमा गायक रामजी खाँड र अभिनेत्री सम्पदा बानियाँको अभिनय छ।&nbsp;</p> <p>यसअघि सालको पात, लालुमैलगायतका लोकगीतले करोडको &lsquo;भ्यू&rsquo;पाएका थिए। कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको &lsquo;सालको पात&rsquo; युट्युबमा पाँच करोड ३६ लाख भन्दा धेरैपटक हेरिएको छ भने &lsquo;लालूमै&rsquo;ले दुई करोड ४३ लाखभन्दा बढी &lsquo;भ्यू&rsquo;पाएको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्