काठमाडौँ। पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीतको भिडिओ बिहीबार सार्वजनिक भएको छ।
प्रज्ञाश्वरी रेकर्डिङ्गको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडिओ नेपालको काठमाडौं र भारतको सिलगुरी गरी दुई ठाउँमा छायाँकन गरिएको छ।
आजभन्दा ६ वर्ष अगाडि नै रेकर्ड गरिएको गीतलाई यो वर्षमात्र भिडियो निर्माण गरिएको यस गीतका संगीतकार किरण कँडेलले बताए।
तिहारमा बज्ने एउटै प्रकृतिको गीतभन्दा भिन्न प्रकारको गीतनिर्माण गर्न उत्प्रेरित भई यो गीतको सृजना गरिएको गीतकार सुनिल कोइरालाले बताए। एउटै गीतमा देउसी र भैलो मिश्रित गीत निकै कम बनेकोले यो गीतलाई फरक र मौलिक रूपमा निर्माण गर्न कोसिस गरिएको संगीतकार किरण कँडेलको भनाइ छ।
गीतमा किरण कँडेल, सुरज कुमार थापा, निकिता थापा, अनुष्का पाठकको स्वर रहेको छ भने भिडिओको निर्देशन शिवु श्रेष्ठले गरेका छन्।
" /> काठमाडौँ। पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीतको भिडिओ बिहीबार सार्वजनिक भएको छ।प्रज्ञाश्वरी रेकर्डिङ्गको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडिओ नेपालको काठमाडौं र भारतको सिलगुरी गरी दुई ठाउँमा छायाँकन गरिएको छ।

">