सलमानको ‘दबंग–३’माथि प्रतिबन्ध लगाउन माग
काठमाडौं। बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘दबंग–३’ माथि प्रतिबन्ध लगाउन माग गरिएको छ।

हिन्दू जनजागृति समितिले चलचित्रको शीर्ष गीत ‘हुड हुड दबंग’प्रति आपत्ति जनाउँदै प्रतिबन्ध लगाउन माग गरेको हो।

यो गीतमा ऋषिहरूले सलमानसँग आपत्तिजनक तरिकाले नाचेको दृश्य रहेको भन्दै समितिले चलचित्रलाई प्रतिबन्ध लगाउन माग गरेको हो।

समितिले एक पत्र लेख्दै यो गीतले हिन्दू समुदायको धार्मिक भावनामाथि प्रहार गरेको दाबी गरेको छ।

यो गीतले ऋषिमुनिको छविलाई खराब गरेको दाबी गरिएको छ।

यो गीतमा भगवान शिव, विष्णु र ब्रम्हाको रूपमा पेश गरिएका तीन व्यक्तिसँग आशीर्वाद लिएको पनि देखाइएको छ।

यस्तो दृश्यप्रति केही धार्मिक संस्थाले पनि आपत्ति जनाएका छन्।

यो विषयमा निर्माण पक्ष तथा सलमान खानले कुनै प्रतिक्रिया जनाएका छैनन्।

२० डिसेम्बरदेखि प्रदर्शनमा आउने लागेको यो चलचित्रमा प्रभुदेवाको निर्देशन छ।

चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हा, सई मन्जरेकर र किच्चा सुदिपलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्