काठमाडौँ। भारतीय चर्चित गायिका नेहा कक्कडले २४ अक्टोबरमा रोहन प्रीतसँँग विवाह गरिन्। यतिबेला हनिमुनका लागि उनी दुबईमा छिन्। हनिमुनमा उनीहरू रमाइरहेका बेला सामाजिक सञ्जालमा भने उनका पूर्वप्रेमी चर्चामा छन्।
नेहा एक्टर हिमांश कोहलीसँग ४ वर्षसम्म सम्बन्धमा थिइन्। चार वर्षे प्रेम सम्बन्धलाई अगल गरेपछि दुवैजना निकै खुशी देखिएका थिए। तर, नेहाको विवाहपछि हिमांशले माफी मागेको फेक भिडिओ भाइरल भएको थियो।
हिमान्शले गलत अफवाह फैलाउन बन्द गर्न आग्रह गरेका छन्। नेहाको विवाहबाट आफू खुशी भएको भन्दै उनीबारे कुनै गलत कुरा नबोलेको बताएका छन्।
“नेहा मलाई माफ गरिदेऊ, मेरा लागि तिमीले जे–जे गरेको थियौ, त्यसका लागि धन्यवाद” भन्दै उनले बोलेको भिडिओ भाइरल बनेको थियो। तर, हिमान्शले उक्त भिडिओ फेक भन्दै गलत अफवाह नफैलाउन सबैमा अनुरोध गरेका छन्।
सम्बन्ध बनाउनु र ब्रेकअप हुनु आजभोलि सामान्य कुरा भएको भन्दै आफूहरूबीच पनि त्यही सामान्य कुरा भएको उनको भनाइ छ। नेहाको विवाह मिति तय भएपछि हिमान्शले खुशी व्यक्त गर्दै बधाइसमेत दिएका थिए।
चार वर्ष सम्बन्धमा रहेका नेहा र हिमान्श विवाह पनि गर्न तयार भएका थिए। तर, विवाहभन्दा पहिला नै दुवैजना अलग भएका थिए। ब्रेकअप भएपछि नेहा केही समय डिप्रेशनमा गइन्। धेरैपटक इण्डियन आइडलको सेटमा नै रोएकी थिइन्। डिप्रेशनमा गएपछि आफू आत्महत्या गर्नेबारेसमेत सोचेको नेहाले बताएकी थिइन्।
पछि गायन क्षेत्रमा भर्खरै प्रवेश गरेका रोहनसँग उनी प्रेममा परिन्। केही वर्षको प्रेम सम्बन्धपछि उनले विवाह गरेकी थिइन्। नेहाले लकडाउन तथा कोरोना महामारीका कारण प्रशस्त समय मिलेकाले चाँडै विवाह गर्नुपरेको बताएकी थिइन्।
" /> काठमाडौँ। भारतीय चर्चित गायिका नेहा कक्कडले २४ अक्टोबरमा रोहन प्रीतसँँग विवाह गरिन्। यतिबेला हनिमुनका लागि उनी दुबईमा छिन्। हनिमुनमा उनीहरू रमाइरहेका बेला सामाजिक सञ्जालमा भने उनका पूर्वप्रेमी चर्चामा छन्।नेहा एक्टर हिमांश कोहलीसँग ४ वर्षसम्म सम्बन्धमा थिइन्। चार वर्षे प्रेम सम्बन्धलाई अगल गरेपछि दुवैजना निकै खुशी देखिएका थिए। तर, नेहाको विवाहपछि हिमांशले माफी मागेको फेक भिडिओ भाइरल भएको थियो।

">