एजेन्सी। गायिका ब्रिट्नी स्पेयर्सले आफ्नै बुबामाथि गम्भीर आरोप लगाउँदै उनको संरक्षकत्व नहटेसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा गरेकी छिन्।
३८ वर्षे गायिका ब्रिट्नीले आफू बुबाबाट निकै त्रसित रहेता पनि बुबाविरुद्ध थप मुद्दा मामिलामा जान नचाहेको बताएकी छिन्।
सन् २००८ पछि बुबा जेमीले ब्रिट्नीको आर्थिक र व्यक्तिगत मामिला पूर्ण आफ्नो नियन्त्रणमा राखेका थिए। गत अगष्टबाट भने ब्रिट्नी बुबालाई आफ्नो अभिभावकत्वबाट हटाउन संघर्षरत छिन्। उक्त कुरालाई लिएर उनले अदालतमा मुद्दासमेत लडिरहेको ब्रिट्नीका वकिलले सामुअल इनघामले जनाएका छन्।
मंगलबार लस एन्जलसको अदालतमा ब्रिट्नीका वकिलले बुबालाई अभिभावकत्वबाट हटाउन अनुरोधसमेत गरेका थिए।
“मेरो क्लाइन्टले मलाई आपूm बुबाबाट त्रसित रहेको बताएकी छिन्। बुबाको संरक्षकत्व नहटेसम्म उनले कुनै पनि प्रस्तुति दिने छैनन्,” इनघामले भनेका छन्।
" /> एजेन्सी। गायिका ब्रिट्नी स्पेयर्सले आफ्नै बुबामाथि गम्भीर आरोप लगाउँदै उनको संरक्षकत्व नहटेसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा गरेकी छिन्।३८ वर्षे गायिका ब्रिट्नीले आफू बुबाबाट निकै त्रसित रहेता पनि बुबाविरुद्ध थप मुद्दा मामिलामा जान नचाहेको बताएकी छिन्।

">