एजेन्सी। सन् २०१९ मा ‘स्टुडेन्ट अफ द इयर २’बाट बलिउडमा डेब्यू गरेकी नायिका तारा सुतारिया अहिले फ्यानका कारण चर्चामा छिन्। बलिउड प्रवेश गरेको वर्षदिनमै उनका फ्यान यति धेरै बढेका छन् कि अन्य कलाकारलाई पनि त्यो देख्दा इश्र्या लाग्दो छ।
कोरोना महामारीका कारण उनको फिल्मको सुटिङ अहिले रोकिएका छन्। महामारी सकिएपछि उनी एकपछि अर्को फिल्ममा देखा पर्नेछिन्। ठूला प्रोडक्सन हाउसले उनलाई साइन गरेका छन्।
तारा प्रायः सामाजिक सञ्जालमा आफ्नो फोटोहरु पोष्ट गर्छिन्। यसै क्रममा एकजना फ्यानले उनको फोटोमा कमेन्ट गर्दै सोधेका छन्, “हामी विवाह कहिले गर्दै छौं त?”
विवाहको प्रस्ताव गर्ने फ्यानलाई ताराले जवाफ दिएकी छिन्, “महिला म तपाईँलाई भेट्न चाहन्छु। तबसम्म मलाई लेख्दै रहनुहोला। जब यो भाइरस सकिन्छ या खतरनाक समय सकिन्छ, तब हामी भेट्नेछौँ। के थाहा, तपाईँसँगै म अघि बढ्छु कि?”
तारा छिट्टै अहान शेट्टीको फिल्म ‘तडप’मा देखा पर्दै छिन्। यसका अलावा उनी मोहित सुरीको फिल्म ‘एक भिलेन २’मा अर्जुन कपूरसँग देखिनेछिन्। तारा टाइगर श्राफसँग फिल्म ‘हिरोपन्थी २’ मा पनि देखिँदै छिन्।
" /> एजेन्सी। सन् २०१९ मा ‘स्टुडेन्ट अफ द इयर २’बाट बलिउडमा डेब्यू गरेकी नायिका तारा सुतारिया अहिले फ्यानका कारण चर्चामा छिन्। बलिउड प्रवेश गरेको वर्षदिनमै उनका फ्यान यति धेरै बढेका छन् कि अन्य कलाकारलाई पनि त्यो देख्दा इश्र्या लाग्दो छ।कोरोना महामारीका कारण उनको फिल्मको सुटिङ अहिले रोकिएका छन्। महामारी सकिएपछि उनी एकपछि अर्को फिल्ममा देखा पर्नेछिन्। ठूला प्रोडक्सन हाउसले उनलाई साइन गरेका छन्।

">