एजेन्सी। अक्षय कुमार र कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष्मी’ रिलिज भएको २४ घण्टा नबित्दै अनलाइनमा लिक भएको छ। उक्त फिल्म हिजो अमेजन प्राइम भिडिओमा रिलिज भएको थियो।
फिल्मलाई समीक्षकहरूले नरूचाए पनि अक्षयका फ्यानहरूले मिश्रित प्रतिक्रिया दिएका थिए। यसका वाबजुद रिलिज भएको २४ घण्टा बित्न नपाउँदै फिल्म वेबसाइट तमिलरकर्समार्फत् लिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म ‘लक्ष्मी’ एचडी प्रिन्टमा लिक भएको छ। यसलाई निःशुक डाउनलोड गर्न सकिने छ। ‘लक्ष्मी’ अक्षय कुमारको पहिलो फिल्म हो जुन कोरोना भाइरसको महामारीबीच ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो।
फिल्ममा अक्षय कुमारको अभिनयको निकै तारिफ गरिएको छ। उनले फिल्ममा पहिलोपटक ट्रान्सजेन्डरको भूमिका निभाएका छन्। यो २०११ को तमिल सुपरहिट फिल्म कंचनाका हिन्दी रिमेक हो।
रिलिज हुनुअघि नै उक्त फिल्म विवादमा तानिएको थियो। फिल्मको नामलाई लिएर विवाद भएको थियो। सुरूमा फिल्मको नाम ‘लक्ष्मी बम’ राखिएको थियो। यसको विरोध भएपछि ‘लक्ष्मी’ मात्र राखिएको हो।
पछिल्ला दिन अक्षय कुमारले ट्रान्सजेण्डर समुदायप्रति हेर्ने नजर परिवर्तन गर्नुपर्ने तर्क गर्दै आएका छन्। उनले सबैलाई समान रूपमा सम्मान दिनुपर्ने बताएका थिए। केही सेलिब्रेटीले अक्षयको यो अपिललाई सपोर्ट गरेका थिए।