काठमाडौं। भारतमा लागु औषधमाथिको छानविनले तीव्रता पाएको छ। लागु औषधबारे हेर्ने निकाय नारकोटिक्स कन्ट्रोल ब्यूरोले यसमाथिको छानविनलाई तीब्रता दिएको हो।
सुशान्तसिंह राजपूतको आत्महत्यापछि लागु औषधमाथिको छानविन तीब्र गतिमा चलेको हो। व्यूरोले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई नियन्त्रणमा लिएर उनीमाथि छानविन थालेको थियो। अदालतको आदेशपछि उनी न्यायिक हिरासत मुक्त भएकी थिइन्।
ब्यूरोले अभिनेता अर्जुन रामपालको घरमा छापा मारेको छ। बान्द्रास्थित उनको घरमा छापा मार्नुका साथै उनलाई नोटिस पठाएको छ। ब्यूरोले निर्माता फिरोज नाडियाडवालाको घरमासमेत छापामा परेको छ। छापा मारेर उनकी श्रीमती शबाना सईदलाई नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। छापा मार्ने क्रममा उनको घरबाट १० ग्राम गाँजासमेत बरामद गरेको थियो।
फिर हेरा फेरी, वेलकम ब्याक जस्ता चलचित्रका निर्माता रहेको फिरोजलाई ब्यूरोले सोधपुछका लागिसमेत बोलाएको छ। शनिबार चार भिन्न–भिन्न ठाउँमा छापा मारेको थियो।
लागु औषध प्रकरणमा थुप्रै बलिउडकर्मीसँग कनेक्सन देखिएको छ। अर्जुन रामपालकी प्रेमीका गैब्रिएला डेमेट्रियड्का भाई अगिसिलाओस जमानत रिहा भएका थिए। तर, ब्यूरोले फेरी नियन्त्रणमा लिएर अनुसन्धान थालेका छ।
त्यस्तै धर्मा प्रोड्रक्शनका पूर्व कर्मचारी क्षितिज रवि प्रसादलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिररहेको छ। दुवै जना मुम्बईमा कोकीनको सप्लाइ गर्ने नाइजेरियनको सम्पर्कमा रहेको खुलेको छ।
लागु औषध प्रकरणमा रिया चक्रवर्ती, उनका भाई शोविक चक्रवर्ती, सुशान्तका स्टाफ सैमुअल मिराण्डा, दीपेक्ष सावन्त लगायतका बलिउडकर्मी पक्राउ परिसकेका छन्। कोही न्यायिक हिरासतमै छन् भने कोही अदालतको आदेशपछि रिहा भएका छन्।
त्यस्तै टेलिभिजन कलाकार अबीगैल पाण्डे तथा सनम जौहरको घरमासमेत छापामा परेको थियो। लागु औषधमा प्रकरणमा पक्राउ परेकाहरूले उनीहरूको नाम लिएपछि घरमा छापामा मारेको हो।
त्यस्तै बलिउड अभिनेत्री दीपिका पादूकोण पनि छानविनको दायरामा आएकी थिइन्। ह्वाट्सएपमा गरिएको च्याट सार्वजनिक भएपछि ब्यूरोले उनलाई सोधपुछका लागि बोलाएको थियो।
त्यस्तै अन्य थुप्रै चलचित्रकर्मीमाथि पनि ब्यूरोले छानविन गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।