एजेन्सी। भारतमा गत नोभेम्बर ५ मा फिल्म हल खुलेसँगै शाहरुख खान र काजोलको ‘आइकनिक’ फिल्म ‘दिलवाले दुल्हनिया ले जाएँगे’ पुनः सिनेमा हलमा लागेको छ।
महाराष्ट्र सरकारले हलमा आधा दर्शक मात्र राखेर सिनेमा हल सञ्चालन गर्न दिएसँगै मुम्बईको मराठा मन्दिरमा यो चलचित्रको पुनर्प्रदर्शनी आज सुरु भएको हो।
यो चलचित्र सिनेमा हलमा सबैभन्दा लामो समयसम्म (२० वर्षभन्दा बढी) चलेको चलचित्र हो। तर कोभिड–१९ का कारणले यो प्रदर्शनी रोकिएको थियो। त्यस्तै, मराठा मन्दिर सिनेमा हल पनि महामारीकै बीच करिब आठ महिना बन्द भएको थियो।
महामारीअघिसम्म प्रत्येक दिन पहिलो शो उक्त चलचित्रको हुन्थ्यो। यो एउटा परम्पराजस्तै भएको मराठा मन्दिरले जनाएको छ। प्रत्येक दिन उक्त शोमा दर्शकको भीड हुने गर्थ्यो।
" /> एजेन्सी। भारतमा गत नोभेम्बर ५ मा फिल्म हल खुलेसँगै शाहरुख खान र काजोलको ‘आइकनिक’ फिल्म ‘दिलवाले दुल्हनिया ले जाएँगे’ पुनः सिनेमा हलमा लागेको छ।महाराष्ट्र सरकारले हलमा आधा दर्शक मात्र राखेर सिनेमा हल सञ्चालन गर्न दिएसँगै मुम्बईको मराठा मन्दिरमा यो चलचित्रको पुनर्प्रदर्शनी आज सुरु भएको हो।

">