काठमाडौं। भारतीय मोडल पूनम पाण्डे पक्राउ परेकी छिन्। अश्लिल भिडिओ सुट गरेको आरोपमा गोवा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीविरुद्ध गोवामा अश्लिल भिडिओ सुट गरेको आरोपमा उजुरी दर्ता भएको थियो।
पक्राउ गरेर प्रहरी चौकी लैजाने क्रममा उनका पति श्याम बाम्बे पनि साथमा गएका छन्। अश्लिल भिडिओ प्रकरणमा उनीसँग सोधपुछ गरिने प्रहरीले जनाएको छ। उनीविरुद्ध गोवा परवर्ड पार्टीको महिला विभागले हिजो (नोभेम्बर ४ मा) एफआईआर दर्ता गराएको थियो।
पूनमले गोवाको चापोली ड्याममा एक अश्लील भिडिओ छायाँकन गराएकी थिइन्। उक्त भिडिओबाट गोवाका समग्र महिलाहरूमाथि नै हमला भएको तथा राज्यको नै बेइज्जत भएको भन्दै उजुरी दर्ता गरिएको थियो। उक्त भिडिओको छायाँकन सांस्कृतिक क्षेत्र कानाकोनामा गरिएको थियो।
सरकारी सम्पत्तिमा भिडिओ छायाँकन गर्दा कसको अनुमतिमा गरिएको भन्दै प्रश्न उठाउँदै त्यसको जाँच गर्नसमेत माग गरिएको थियो। यसअघि पूनमले हनिमुनको समयमा श्रीमानले कुटपिट गरेको आरोप लगाएकी थिइन्। कुटपिट गरेको भन्दै पूनमले श्रीमान् सैम बाम्बेविरुद्ध प्रहरीमा निवेदन दिएकी थिइन्।
उजुरीपछि प्रहरीले सैमलाई पक्राउ गरेको थियो। पछि दुवैजनाबीच कुटपिट नगर्ने सम्झौता भएपछि उनी हिरासत मुक्त भएका थिए।
" /> काठमाडौं। भारतीय मोडल पूनम पाण्डे पक्राउ परेकी छिन्। अश्लिल भिडिओ सुट गरेको आरोपमा गोवा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीविरुद्ध गोवामा अश्लिल भिडिओ सुट गरेको आरोपमा उजुरी दर्ता भएको थियो।पक्राउ गरेर प्रहरी चौकी लैजाने क्रममा उनका पति श्याम बाम्बे पनि साथमा गएका छन्। अश्लिल भिडिओ प्रकरणमा उनीसँग सोधपुछ गरिने प्रहरीले जनाएको छ। उनीविरुद्ध गोवा परवर्ड पार्टीको महिला विभागले हिजो (नोभेम्बर ४ मा) एफआईआर दर्ता गराएको थियो।

">