काठमाडौं। तलेगु सुपरस्टार प्रभासको बाहुबली सिरिज फेरि रिलिज हुने भएको छ। संसारभर चर्चामा रहेको बाहुबली र बाहुबली-२ सिनमा हलमा फेरि प्रदर्शनमा आउन थालेको हो।
एसएस राजामौलीको निर्देशनमा बनेका दुवै चलचित्र हप्ता दिनको फरकमा प्रदर्शनमा आउनेछन्। चलचित्र व्यापार विज्ञ तरण आदर्शले भोलि अर्थात ६ नोभेम्बरमा बाहुबली र अर्को हप्ता १३ नोभेम्बरमा बाहुबली-२ प्रदर्शनमा आउने जानकारी दिए।
चलचित्रमा प्रभावसँगै राणा दग्गुबाती, अनुष्का सेट्टी, तमन्ना भाटिया, राम्या कृष्णन, सत्यराज, नसार जस्ता कलाकारको मुख्य भूमिका छ। यो चलचित्र तलेगु भाषामा बनाइएको थियो। यसको हिन्दी भर्सन भने करण जोहरको धर्मा प्रोडक्शनले प्रदर्शनमा ल्याएको थियो। बाहुबलीलाई भारत सरकारले नेशनल फिल्ड अवार्ड समेत दिएको थियो।
भारतमा चलचित्र हल खुले पनि नयाँ चलचित्रको अभाव छ। त्यसैले, अहिले पुराना तथा हलिउडका डबिङ गरेर चलचित्र प्रदर्शनमा आइरहेका छन्। त्यही मौकामा बाहुबली सिरिजले मौका पाएको हो। ‘बाहुबली–२’ भारतका ८ हजार भन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आएको थियो। सन् २०१७ मा प्रदर्शनमा आएको उक्त चलचित्र तलेगुसँगै हिन्दी, तमिल, मलमालम लगायतका पाँच भाषामा बनाइएको थियो।
यसअघि सन् २०१५ मा प्रदर्शनमा आएको बाहुबलीले ५०४ करोड भारु कमाएको थियो। १२० करोडमा बनेको उक्त चलचित्रले त्यो समयमा सर्वाधिक व्यापार गरेको थियो। २०० करोडमा बनेको बाहुबली-२ ले भने ८८७ करोडको व्यापार गरेको थियो।
" /> काठमाडौं। तलेगु सुपरस्टार प्रभासको बाहुबली सिरिज फेरि रिलिज हुने भएको छ। संसारभर चर्चामा रहेको बाहुबली र बाहुबली-२ सिनमा हलमा फेरि प्रदर्शनमा आउन थालेको हो।एसएस राजामौलीको निर्देशनमा बनेका दुवै चलचित्र हप्ता दिनको फरकमा प्रदर्शनमा आउनेछन्। चलचित्र व्यापार विज्ञ तरण आदर्शले भोलि अर्थात ६ नोभेम्बरमा बाहुबली र अर्को हप्ता १३ नोभेम्बरमा बाहुबली-२ प्रदर्शनमा आउने जानकारी दिए।

">