ऋचा शर्मा तीन हप्तापछि कोरोना संक्रमणमुक्त

काठमाडौं। अभिनेत्री ऋचा शर्मा कोरोना संक्रमणमुक्त भएकी छिन्। कोभिड–१९ पोजिटिभ भएपछि उनी होम आइसोलेनसमा बसेकी थिइन्।

तीन हप्तापछि उनी कोरोना संक्रमणमुक्त भएकी हुन्। कोरोना संक्रमणमुक्त भएपछि ऋचाले आफु र आफ्नो परिवारको सुरक्षा गर्न सबैमा अनुरोध गरेकी छिन्।

कोरोनाबारे नयाँ नयाँ तथ्यहरू सार्वजनिक भइरहेको बेला नेपाल जस्तो विकासोन्मुख देशमा संक्रमणको जोखिम एकदमै बढी भएको भन्दै उनले सचेत रहन सबैमा अनुरोध गरेकी हुन्।

कोरोना भाइरसलाई जित्नका लागि आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ।

यसअघि धेरै कलाकार कोरोना संक्रमित भइसकेका छन्। कलाकारहरू हरिवंश आचार्य, मनोज गजुरेल, प्रेमराजा महत लगायतका कलाकार कोरोना संक्रमित भएका थिए।

प्रतिक्रिया दिनुहोस्