काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना महामारीबाट बच्न सबैले विशेष ध्यान दिनुपर्ने बताएका छन्। अनिवार्य रूपमा मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने लगायतको सावधानी अपनाउन उनले सबैमा अनुरोध गरेका हुन्।
श्रेष्ठले फेसबुकमा स्टेटस लेख्दैं अनिवार्यरूपमा मास्क लगाउन सबैमा अनुरोध गरेका छन्।
कलाकार हरिवंश आचार्य कोरोना संक्रमणमुक्त भएपछि दुवै जनाले पहिलो पटक भेटघाट गरेका छन्। सोही भेटघाटका क्रममा उनले यस्तो सुझाव दिएका हुन्।
“हरिवंशलाई कोरोना रिपोर्ट पोजिटिभ आउनुभन्दा पहिला दुवै जना एउटै गाडीमा चढेका थियौ र दिनभर काममा पनि संगै थियौं। कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्ट्यन्समा होस पु¥याएकै थियौं। तर, एउटै गाडी चढ्दा भने डिस्ट्यान्स खासै मेन्टेन हुन सकिरहेको थिएन” मदनकृष्णले लेखेका छन्।
गाडीमा चढेका चार जनाको रिपोर्ट नेगेटिभ आएपछि हरिवंशलाई कोरोना संक्रमण हुनुको कारण खोज्न थालेका थिए। त्यही क्रममा आफुले लगाएको मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँन मदत पुर्याएको उनको भनाई छ। त्यसैले, साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरीका साथै मास्क लगाउन बिषेश ध्यान दिन उनको अनुरोध छ।
" /> काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना महामारीबाट बच्न सबैले विशेष ध्यान दिनुपर्ने बताएका छन्। अनिवार्य रूपमा मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने लगायतको सावधानी अपनाउन उनले सबैमा अनुरोध गरेका हुन्।श्रेष्ठले फेसबुकमा स्टेटस लेख्दैं अनिवार्यरूपमा मास्क लगाउन सबैमा अनुरोध गरेका छन्।

">