काठमाडौं। ‘छक्का-पञ्जा’ टीमबीच विवाद देखिएको छ। उक्त टीमका दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेबीच विवाद देखिएको हो।
तर, उनीहरूले भने आफूहरूबीच कुनै विवाद नभएको दाबी गरेका छन्।
‘छक्का-पञ्जा’ टीमबाट जितु नेपाल बाहिरिएका छन्। जितुको ठाउँमा थप कलाकार भित्र्याउने निर्माण पक्षको तयारी छ। जितु फिल्ममा नदेखिने भएपछि विभिन्न टिप्पणी हुन थालेका छन्।
उनले उक्त टीम नै छोडेको र उनको ठाउँमा अन्य कलाकार भित्र्याउने तयारी भएको हो। यो विषयमा उनीहरूले आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन्।
पछिल्लो समय जितुले सञ्चालन गर्दै आएको कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट अध्यक्ष दीपाश्री निरौला हटेर नायिका करिश्मा मानन्धर भित्रिएकी छिन्। त्यही विषयलाई लिएर जितु र छक्का-पञ्जा टोलीबीच खटपट भएको समाचार बाहिरिएको हो। तर, यसमा कुनै सत्यता नरहेको उनीहरूको भनाइ छ।
‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री सहमतिमै अलग भएको जितुको भनाइ छ। चलचित्र टीमका सदस्यबीच पछिल्लो समय छलफल तथा भेटघाट बाक्लिएको छ।
तर, उक्त छलफल तथा भेटघाटमा जितुको उपस्थिति छैन। जसले गर्दा उनी टीमबाट बाहिरिएको अनुमान गरिएको हो। त्यही भेटघाटमा उपस्थित नहुनु आफूले छक्का-पञ्जा छाड्नुको कारण मान्न नमिल्ने उनको भनाइ छ।
‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारीले केदारप्रसाद घिमिरे ‘माग्ने बुढो’ लाई आइफोन उपहार दिएका थिए। त्यस विषयलाई टोलीबीचको खटपटसँग जोडिएको हो। तर, यस विषयमा गिरीले भने यसअघि नै वाचा गरिएअनुसार आइफोन उपहार दिइएको बताए।
गिरीले पनि आफूहरूबीच कुनै विवाद नभएको र जितुले टीम छोड्ने कुरा नरहेको बताए।
" /> काठमाडौं। ‘छक्का-पञ्जा’ टीमबीच विवाद देखिएको छ। उक्त टीमका दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेबीच विवाद देखिएको हो।तर, उनीहरूले भने आफूहरूबीच कुनै विवाद नभएको दाबी गरेका छन्।

">