एजेन्सी। बलिउड अभिनेता मुकेश खन्ना विवादमा तानिएका छन्। उनले महिलाबारे टिप्पणी गर्दा विवादमा तानिएका हुन्।
एक अन्तर्वार्तामा उनले मीटूजस्ता मुद्दा महिलाले मात्र उठाएको र त्यसको जिम्मेवारी महिलालाई भएको बताएका थिए। त्यसपछि उनले महिलाहरू पुरुष बराबर हिड्न खोज्ने तथा आफूलाई पुरुषसँगै हिँड्ने खोज्ने गरेको बताएका थिए। यस टिप्पणीपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ।
उनलाई पनि कंगना रनौतकै बाटोमा हिँड्न खोजेको आरोप लगाएका छन्। कंगना पनि हरेक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएकी छिन्। मुकेशलाई पनि कंगनाकै बाटोमा हिँडेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल बनाएका छन्।
उनले महिलाहरूलाई घरभन्दा बाहिर जान रोक लगाउनुपर्ने बताएका थिए। उनले भनेका छन्, “महिलाहरू घरबाट बाहिर निस्किनु नै समस्याको जड हो। मीटू मुभमेन्ट तब शुरु भयो, जब महिलाहरू घरबाट बाहिर निस्किन थाले। उनीहरू काम गर्न थाले। महिलाहरू पुरुषसँग काँधमा काँध मिलाउन थाले, त्यही समस्याको जड बन्यो।”
" /> एजेन्सी। बलिउड अभिनेता मुकेश खन्ना विवादमा तानिएका छन्। उनले महिलाबारे टिप्पणी गर्दा विवादमा तानिएका हुन्।एक अन्तर्वार्तामा उनले मीटूजस्ता मुद्दा महिलाले मात्र उठाएको र त्यसको जिम्मेवारी महिलालाई भएको बताएका थिए। त्यसपछि उनले महिलाहरू पुरुष बराबर हिड्न खोज्ने तथा आफूलाई पुरुषसँगै हिँड्ने खोज्ने गरेको बताएका थिए। यस टिप्पणीपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ।

">