काठमाडौं। बलिउड नायिका श्रद्धा कपूर इच्छाधारी नगिन बन्न लागेकी छिन्। सामाजिक संजालमार्फत श्रद्धाले उक्त कुराको जानकारी दिएकी हुन्।
श्रद्धाको चलचित्र ‘नागिन’ को तीन सिरिज बन्ने छ। आफू सधैँ भारतको परम्परासँग जोडिएको भन्दै यस्ता खालको कथामा काम गर्न निकै उत्साहित भएको उनले बताइन्।
ट्रायोलोजी चलचित्रका तीनै सिरिजमा नागिनको कहानी देखाइनेछ। यसअघि अयान मुखर्जीको ब्रह्मास्त्रमा ट्रायोलोजी बनेको थियो। श्रीदेवीको नागिना तथा निगाहें हेरेर ठूली भएको भन्दै आफू यसमा जोडिन पाउँदा खुसी लागेको उनी बताउँछिन्।
श्रद्धाभन्दा पहिला बलिउडमा नागिनको भूमिका श्रीदेवी, रिना राय, रेखा लगायत देखिएका थिए। टिभी सिरियलमा भने मौनी राय, सुरभि चन्दना, अनिता हन्सनन्दानी तथा हिना खान यस्तो रोलमा देखिएका थिए। अब श्रद्धाको पालो आएको छ।
यो चलचित्रलाई निखिल द्विवेदी, विशाल फुरिया र सैफरान ब्राडकास्ट तीनजना मिलेर बनाउन लागेका हुन्। चलचित्र प्रेमकथामा आधारित हुनेछ।
" /> काठमाडौं। बलिउड नायिका श्रद्धा कपूर इच्छाधारी नगिन बन्न लागेकी छिन्। सामाजिक संजालमार्फत श्रद्धाले उक्त कुराको जानकारी दिएकी हुन्।श्रद्धाको चलचित्र ‘नागिन’ को तीन सिरिज बन्ने छ। आफू सधैँ भारतको परम्परासँग जोडिएको भन्दै यस्ता खालको कथामा काम गर्न निकै उत्साहित भएको उनले बताइन्।

">