एजेन्सी। भारतीय गायिका नेहा कक्करले २४ अक्टोबरमा विवाह गरिन्। प्रेमी तथा गायक रोहनप्रीत सिंहसँग उनी वैवाहिक बन्धनमा बाधिएकी थिइन्।
वैवाहिक कार्यक्रममा दुवै पक्षका सीमित सदस्यको उपस्थिति रहेको थियो।
उनको विवाहलाई लिएर भारतमा मात्र नभएर अन्य देशमा पनि चासोका विषय बनेको थियो। विवाहपछि दुवैजनाले नयाँदिल्लीको एक होटलमा धुमधाम पार्टी दिए। पार्टीमा दुवैजना नाच्नुका साथै नेहाले रोहनलाई लक्षित गर्दै गीतसमेत गाइन्।
विवाह भएको केही दिनपछि दुलाह दुलहीका तस्वीर सार्वजनिक भएका छन्। उनीहरूले नै आफ्नो सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गरेका हुन्। जबकि, विवाहमा मिडियालाई आमन्त्रण गरिएको थिएन। जसले गर्दा उनको विवाहको तस्वीर तथा भिडिओ उनीहरूकै माध्यमबाट सार्वजनिक भएका हुन्।

सार्वजनिक तस्वीरहरू दुवैजना निकै खुसी देखिएका छन्। उनीहरूलाई वैवाहिक जीवनको शुभकामना दिने क्रम जारी छ। विवाहपछि भव्य पार्टीको आयोजना गरिएको थियो। पार्टीमा दुवै जनाले जमेर डान्स गरेका थिए। नेहा र रोहनले पञ्जाबी गीत तथा पञ्जाबी बीट्समा डान्स गरेका थिए।
उनीहरू दुवै जनाको विवाहको चर्चा केही महिनादेखि चल्दै आएको थियो। विवाहअघि उनीहरूको गीत 'नेहू दा व्याह' पनि सार्वजनिक भएको थियो। धेरैले त त्यही गीतको प्रमोशनका लागि विवाहको चर्चा चलाइएको आकलनसमेत गरेका थिए। तर, अन्ततः विवाह नै गरेर आफ्ना शुभचिन्तकहरूलाई सरप्राइज दिए।
यसअघि नेहा र उदितनारायण झाका छोरा आदित्यसँग विवाहको चर्चा चलेको थियो। त्यो समय इण्डियन आइडलको चर्चाका लागि उनीहरूले विवाहको फण्डा रचेका थिए। अहिले पनि विवाहको कुरा आउँदा दर्शकले त्यही फण्डाको अनुमान गरेका थिए।