"> तस्वीरमा कलाकारको दसैं: Dekhapadhi
तस्वीरमा कलाकारको दसैं
काठमाडौं। बडादसैंको आज दशौं दिन अर्थात् टीकाको दिन।

कोरोना महामारीकाबीच दसैं मनाइएको छ। कलाकारहरुले समेत विशेष सावधानी अपनाएर दसैंको टीका लगाएका छन्। उनीहरुले टीका लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

अभिनेता भुवन केसीले मास्क लगाएरै दसैंको टीका लगाएका छन्। उनले छोरा अनमोल केसीलाईलाई मास्क लगाएरै टीका तथा जमरा लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। उनले मास्क लगाएर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र दसैं मनाउनुपर्ने सन्देश दिएका छन्।

त्यस्तै नायिका पूजा शर्माले परिवारका सदस्यसँग टीका तथा जमरा लगाएकी छिन्।

अभिनेत्री करिश्मा मानन्धरले पनि परिवारमै टीका तथा जमरा लगाएकी छिन्। उनले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै सबैलाई शुभकामनासमेत दिएकी छिन्।

कलाकार हरिवंश आचार्यले यो वर्षको दसैं भन्दै आफूसँगै श्रीमती र छोरा बुहारीको तस्वीर सेयर गरेका छन्।

त्यस्तै कलाकार जितु नेपाल, नायक आकाश श्रेष्ठ, नायिका नीता ढुंगाना, सञ्चिता लुइटेल, सुरक्षा पन्त, प्रियंका कार्की, आँचल शर्मा, नायक पल शाह, लगायतले पनि दसैंको टीका लगाएको तस्वीर सामाजिक संजालमा सेयर गरेका छन्।

अभिनेत्री स्वेता खड्काले पनि दसैं टीका लगाएको तस्वीर सेयर गर्दै सुरक्षित रहन आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, "अध्यारोमा उम्रिएर शिरसम्म पुग्ने जमराको जस्तो मान होस्, नवरात्रीका देवीहरुको जस्तै सदा नारीको सम्मान होस्, सामाजिक दूरी कायम रहेता पनि आत्मीय सम्बन्धहरु यथावत रहुन्, नकारात्मक तत्वहरु अन्त्य भइ सकारात्मक शक्तिको आरम्भ होस्।"

उनीहरुले कोरोना महामारीका कारण घर परिवारका सदस्यसँग मात्र टीका तथा जमरा लगाउनुका साथै आशीर्वाद ग्रहण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्