काठमाडौं। स्पाइनल मस्कुलर अर्थोपी (एसएमई-१) रोगबाट पीडित १० महिने सियोना श्रेष्ठको उपचारका लागि नायक पल शाहले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
दसैंको टीकाका दिन पलको परिवारको तर्फबाट आशीर्वाद र दक्षिणास्वरुप एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
आर्थिक सहयोग गर्दै पलले छिटोभन्दा छिटो रोगलाई जितेर घर फर्कन कामनासमेत गरेका छन्। नर्स एलिना गुरुङ र वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्दिप श्रेष्ठको १० महिने छोरी उक्त रोगबाट पीडित छिन्।
उनको उपचारका लागि २५ करोड खर्च लाग्ने र अमेरिकामा उपचार गराउनुपर्ने छ। त्यसका लागि देश विदेशबाट आर्थिक सहयोग संकलन भइरहेको छ। जिनका कारण हुने उक्त समस्याको उपचार शिशु एक वर्ष नपुग्दै दुई वर्षभित्र गरिसक्नुपर्ने छ।
वरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीपका अनुसार स्पाइनल मस्कुलर एट्रोफी एक प्रकारको जेनेटिक रोग हो। विशेषगरी यस रोगले बच्चाहरुको नशा र मासु सुकाउने गर्छ।
यसले बच्चाको शरीरका मांसपेशी चाँडै सुकाउने गर्छ। जसका कारण बच्चाले समयमा टाउको टेक्न नसक्ने, बस्न नसक्ने, हिँड्न नसक्ने, बढ्दै गएपछि बच्चालाई खाना खान गाह्रो हुने, खाँदा पनि सर्किने र विस्तारै सास फेर्न पनि गाह्रो हुने हुन्छ।