काठमाडौं। महेश काफ्लेको 'लज्जावती झार' करोड क्लबमा प्रवेश गरेको छ।
युट्युबमा सार्वजनिक भएको डेढ महिनामै एक करोड ४० हजार भन्दा बढी भ्यूज पाएको छ।
महेशकै शब्द तथा संगीत रहेको उक्त गीतमा गायिका अस्मिता अधिकारीले साथ दिएकी छन्।
आँचल शर्मा, असिम शाह र महेशकै अभिनय रहेको उक्त गीतको भिडिओलाई आशिफ शाहले निर्देशन गरेका हुन्।
करोड क्लबमा प्रवेश गरेको भिडिओलाई राम्रै मानिन्छ। करोड क्लबमा प्रवेश गरेको उपलक्ष्यमा महेशले खुसी व्यक्त गरेका छन्।
साथै उनले आफू र आफ्नो टिमलाई माया गर्ने दर्शकहरूलाई समेत धन्यवाद दिए।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, "गीतलाई अंकगणितको तराजुमा तौलेर खुसी हुने र मूल्यांकन गर्ने मान्छे त हैन म। हरेक सृजनाको आफ्नै आकाश हुन्छ, कुन कृतिले कहाँ कसको मन च्वास्स पारिरहेको हुन्छ कसलाइ के थाहा ?"
उनको 'नाच फिरिरी' बोलको गीत अहिले ६ करोड ३९ लाख भन्दा बढी भ्यूज पाएको छ। "नाच फिरिरीले ६ करोड ३९ लाख भन्दा बढी भ्यूज पाउँदा अब यस्तो मौका मिल्दैन कि जस्तो लागेको थियो। तर, छोटो यात्रामै पाएको यति ठूलो मायाले खुसी लाग्ने नै भयो," उनले भने।
'माया बिरानी' बोलको गीतले पनि पाँच करोड ३८ लाख भन्दा बढी भ्यूज पाएको छ। युट्युबमा अत्यधिक हेरिएका शीर्ष ८ नेपाली गीतमा उनका दुईवटा गीत परेका छन्। तेस्रो गीतको रूपमा आएको लज्जावती झारले पनि राम्रो भ्यूज पाइरहेको छ।
"लज्जावती झारबाट कुनै किसिमको अपेक्षा नै थिएन। कोरोनाको कारण असामान्य अवस्था, अप्ठेरोमा परेको समाज अनि हामी समस्याले जेलिएका कारण यस्तो अपेक्षा गरेको थिएन। तर, पनि आफ्नो कर्मको रूपमा सोचेर अगाडि बढेका थियौं। यसले राम्रै सफलता मिलिरहेको छ," उनले भने।
यो सफलताका पछाडि देखिने, नदेखिने, नाम लेखिने, नलेखिने धेरैको योगदान रहेको भन्दै सबैप्रति आभारी रहेको उनले बताए।
" /> काठमाडौं। महेश काफ्लेको 'लज्जावती झार' करोड क्लबमा प्रवेश गरेको छ।युट्युबमा सार्वजनिक भएको डेढ महिनामै एक करोड ४० हजार भन्दा बढी भ्यूज पाएको छ।

">