काठमाडौं। भारतीय गायिका नेहा कक्करको विवाहको तयारी पूरा भएको छ। विवाहको लागि उनको परिवार मुम्बईबाट दिल्ली पुगेको छ। नेहाले प्रेमी रोहन प्रीतसँग भोलि, २४ अक्टोबरमा विवाह गर्दैछिन्।
बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहा दिल्ली पुगेकी हुन्। यात्राको क्रममा उनीहरूले निकै रमाइलो गरेका थिए।
फ्लाइटको तस्वीर शेयर गर्दै उनले लेखेकी छिन्, 'जाउँ नेहू-प्रीतको विवाहमा।' उक्त स्टाटसमा रोहनको कमेन्ट छ, 'विवाहको रमझम सुरू भयो।'
यसअघि उनीहरूले औंठी साटासाट गरेका थिए। २० अक्टोबरमा नेहा र रोहनले मुम्बईमै धुमधामसाथ मेहन्दी समेत लगाएका थिए।
यसअघि नेहाले चर्चित गायक उदितनारायण झाका छोरा आदित्यसँग विवाह गर्ने चर्चा चलेको थियो। तर, उनले आफ्नो प्रेमीको रूपमा रोहनलाई सार्वजनिक गरेपछि धेरैलाई सरप्राइज भयो।
" /> काठमाडौं। भारतीय गायिका नेहा कक्करको विवाहको तयारी पूरा भएको छ। विवाहको लागि उनको परिवार मुम्बईबाट दिल्ली पुगेको छ। नेहाले प्रेमी रोहन प्रीतसँग भोलि, २४ अक्टोबरमा विवाह गर्दैछिन्।बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहा दिल्ली पुगेकी हुन्। यात्राको क्रममा उनीहरूले निकै रमाइलो गरेका थिए।

">