काठमाडौं। दसैँको टिकाको दिन आउँन चार दिन मात्र बाँकी छ। कोरोना महामारीका कारण विगत जस्तो चहलपहल छैन्। मानिसहरू दसैँको रमाइलो भन्दा पनि कोरोना संक्रमणबाट कसरी जोगिने भन्नेतिर लागेका छन्।
कोरोना भाइरसको बढ्दो संक्रमण तथा त्रासका कारण यो वर्षको दसैँ नै खल्लो बनेको छ।
कलाकारहरूका लागि विगतका वर्षमा दसैँ विशेष हुन्थ्यो। विभिन्न सांगीतिक कार्यक्रमसँगै पारिवारिक भेटघाटमा व्यस्त हुने कलाकारहरू यो दसैँमा फुर्सदिला भएका छन्।
यिनै मध्ये एक गायिका सुनिता दुलाल यो वर्षको दसैँमा काठमाडौंमै छिन्। गत वर्ष भने यो बेला उनी शिन्धुपाल्चोकमा थिइन्। गाउँमा उनले निकै रमाइलो गरेर दसैँ मनाइन्। तर, यो वर्ष भने उनको कुनै पनि योजना छैन्। दसैँको सेरोफेरोमा रहेर सुनितालाई हामीले ५ प्रश्न सोधेका छौँ।
यो वर्षको दसैँ कसरी मनाउँदैं हुनुहुन्छ ?
यो वर्ष खासै केही प्लान छैन्। गाउँ जान्न। दसैँको बेला मौसम पनि निकै रमाइलो हुन्थ्यो। मौसमले पनि दसैँलाई थप रमाइलो बनाउथ्यो। गाउँघरमा पाकेको अन्नबाली, सुन्दर प्राकृति दृश्यले झनै मनोरम बनाउँथ्यो।

यो वर्ष भने त्यस्तो केही पनि अनुभूति गर्न पाइएको छैन्। दसैँ नै होइन् कि जस्तो लागिरहेको छ। डर त्रास मात्र छ, कतै कोरोना संक्रमण पो भइहाल्ने हो भन्ने पनि डर छ। यस्तो अवस्थामा बढी भीडभाड गरेर दसैँ मनाउनु पनि राम्रो होइन्।
दसैँका लागि लुगा कपडा किन्नुभयो ?
दसैँ नै खासै नहुने भएपछि यसपाली सपिङ पनि गरिएको छैन्। दसैँको बेला घरबाट कहि पनि गइँदैन। पोहोर-परारकै लुगा लगाएर दसैँ मनाउँछु। घरबाहिर नै जान डर छ। यस्तो अवस्थामा बजारमा गएर नयाँ कपडा किन्नुभन्दा पहिलेकै लुगा लगाएर घरपरिवारमै सिमित भएर दसैँ मनाउँने सोचमा छु।
गत वर्ष कसरी मनाउनुभएको थियो ?
गत वर्ष म गाउँ गएकी थिए। सिन्धुपाल्चोक घर नगएको धेरै वर्ष भएको थियो। गत वर्ष र अघिल्लो वर्ष गाउँमा गएरै दसैँ मनाउन पाएकी थिइन्। दसैँ भनेको त सहरभन्दा पनि गाउँघरमा रमाइलो हुन्छ। यो वर्ष भने गाउँघरमा पनि सुनसान छ।
दसैँलाई कुन रूपमा बुझ्नुभएको छ ?
परापूर्वककालदेखि चलिआएको यो ठूलो पर्व हो। आफूभन्दा ठूलाबडाबाट टिका तथा आशिर्वाद थाप्ने, टाढा-टाढा रहेका आफन्त, इष्टमित्रबीच भेटघाटको वातावरण पनि हुन्छ।

जतिसुकै व्यस्त भएपनि वा जतिसुकै टाढा भएपनि दसैँको मौका पारेर भेटघाट हुन्छ। सामाजिक दृष्टिकोणबाट यसको महत्व छुट्टै छ। परिवारहरूमा जस्तोसुकै मनमुटाव तथा झै-झगडा परेको भएपनि दसैँमा त्यो सबै बिर्सिएर एक-आपसमा खुसी साटासाट तथा आशिर्वाद लिने-दिने गरिन्छ।
बाल्यकालको दसैँलाई कसरी स्मरण गर्नुहुन्छ ?
बच्चाबेला दक्षिणा पनि अलि बढी महत्व राख्ने रहेछ। बुझ्दै गएपछि दक्षिणाभन्दा पनि टिका र आर्शीवाद नै ठूलो रहेछ। म त घरको कान्छी छोरी भएकाले पनि सबैको बढी माया पाएकी थिएँ।
जेठी दिदीहरूलाई अलि बढी र म भने कम दक्षिणा पाउँथे। त्यो बेला म धेरै रून्थ्ये रे। दिदीहरूलाई ५०० दिँदा मलाई पनि ५०० नै चाहिन्थ्यो। उनीहरूलाई जति दियो मलाई पनि त्यति नै चाहिन्थ्यो रे। अहिले बुझ्दै जाँदा दक्षिणाभन्दा पनि आशिर्वाद ठूलो रहेछ।
" /> काठमाडौं। दसैँको टिकाको दिन आउँन चार दिन मात्र बाँकी छ। कोरोना महामारीका कारण विगत जस्तो चहलपहल छैन्। मानिसहरू दसैँको रमाइलो भन्दा पनि कोरोना संक्रमणबाट कसरी जोगिने भन्नेतिर लागेका छन्।कोरोना भाइरसको बढ्दो संक्रमण तथा त्रासका कारण यो वर्षको दसैँ नै खल्लो बनेको छ।

">