काठमाडौं। टेलिभिजनमा विवादित शो बनेको बिग बोसको १४औं संस्करणमा नायिका रुबीना दिलैक र उनका श्रीमान अभिनव शुक्ला सहभागी छन्।
सलमान खान होस्ट रहेको उक्त कार्यक्रममा रुबीनाका श्रीमानको व्यक्तिगत कुरा पनि सार्वजनिक गरियो। उक्त कुरामा आपत्ति जनाउँदै रबीनाले सलमानमाथि अपमान गरेको आरोप लगाइन्। निकै तनावमा परेर उनले उक्त शो नै छोड्ने निर्णयमा पुगिन्।
उक्त एपिसोडलाई लिएर उनी निकै तनावमा थिइन्। बिग बोसले उनलाई मिटिङ हलमा लगेर सम्झाउने कोसिस गरियो। सलमानले थुप्रै टास्कमा अभिनवमाथि अपमान गरेको आरोप रुबीनाले लगाइन्।
उनले भनिन्, "यो शोमा आउन हामीलाई खासै मतलब थिएन। जब शोको टीमले मलाई भनेपछि मैले श्रीमानलाई कन्भिन्स गरेर ल्याए। मैले भनेपछि श्रीमान शोमा आउन तयार हुनुभयो। हामी दुवैजनाको काम अलग-अलग छ। म यस्तो अपमान गर्ने ठाउँमा बस्न सक्दिन्।"
बिग बोसमा सलमानले मजाक गर्दै अभिनवमाथि व्यक्तिगत कुराहरू गरेका थिए। जुन कुरालाई लिएर रबीनाले आफ्नो अपमान गरेको आरोप लगाइन्। उनी र उनका श्रीमानले अर्को शोमा यो विषयमा सलमानसँग कुरा गर्ने जनाएका छन्।
रबीनाले शो नै छोड्ने निर्णय लिएकी थिइन्। तर, आयोजकले समालनसँग कुरा गर्ने जनाएपछि उनी आफ्नो निर्णयबाट पछि हटेकी हुन्।
" /> काठमाडौं। टेलिभिजनमा विवादित शो बनेको बिग बोसको १४औं संस्करणमा नायिका रुबीना दिलैक र उनका श्रीमान अभिनव शुक्ला सहभागी छन्।सलमान खान होस्ट रहेको उक्त कार्यक्रममा रुबीनाका श्रीमानको व्यक्तिगत कुरा पनि सार्वजनिक गरियो। उक्त कुरामा आपत्ति जनाउँदै रबीनाले सलमानमाथि अपमान गरेको आरोप लगाइन्। निकै तनावमा परेर उनले उक्त शो नै छोड्ने निर्णयमा पुगिन्।

">