काठमाडाैं। लागुऔषध प्रकरणमा अनुसन्धानको घेरामा आएकी बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालबाट टाढा रहन थालेकी छन्।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछपछि उनी काममा त फर्किएकी छन्। तर, पहिला जसरी खुलेर काम गर्न सकिरहेकी छैनन्। उनले सामाजिक सञ्जाल केही समयका लागि टाढा राखेकी हुन्।

फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा सक्रिय रहेकी उनी यतिबेला भने त्यसको नाम नै लिन रूचाउँदिनन्।

त्यसैले एक महिनादेखि सामाजिक सञ्जालबाट टाढिएकी हुन्।

ब्यूरोले बोलाएपछि उनी मुम्बई गएकी थिइन्। त्यहाँबाट फर्किएर शकुन बत्राको चलचित्रको छायांकनका लागि गोवा पुगेकी छन्। यो चलचित्रमा दीपिकासँगै अनन्या पाण्डे तथा सिद्धार्थ चतुर्वेदी समेत मुख्य भूमिकामा छन्।

सुशान्तसिंह राजपूतको आत्महत्यापछि लागुऔषध प्रकरण बाहिर आएको थियो। ब्यूरोले उनलाई २४ सेप्टेम्बरमा नोटिस पठाएर सोधपुछका लागि बोलाएको थियो। उनको बाहिरिएको ह्वाट्सएप च्याटका कारण उनी छानबिनमा तानिएकी थिइन्। जसले गर्दा उनी सामाजिक  सञ्जाल प्रयोगकर्ताबाट ट्रोलको शिकारसमेत बनेकी थिइन्।

अहिले छायांकन भइरहेको उनको चलचित्र मार्च महिनामै प्रदर्शनमा आउने तयारी थियो। तर, कोरोना महामारीका कारण छायांकन नै रोकियो, जुन अहिले भइरहेको छ।

सुरूमा छायांकनका लागि श्रीलंका जाने योजना बनेको थियो। तर, कोरोना महामारीका कारण त्यो सम्भव नभएपछि गोवामै छायांकन थालिएको हो।

दीपिकासँग कबीर खानको चललचित्र ८३ पनि छ। यसमा रणवीर सिंह मुख्य भूमिकामा छन्। यसका साथै हलिउड चलचित्र द इन्टर्न को रिमेक तथा शाहरूख खानको पठान मा पनि उनी मूख्य भूमिकामा देखिदैंछिन्।

" /> काठमाडाैं। लागुऔषध प्रकरणमा अनुसन्धानको घेरामा आएकी बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालबाट टाढा रहन थालेकी छन्।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछपछि उनी काममा त फर्किएकी छन्। तर, पहिला जसरी खुलेर काम गर्न सकिरहेकी छैनन्। उनले सामाजिक सञ्जाल केही समयका लागि टाढा राखेकी हुन्।

फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा सक्रिय रहेकी उनी यतिबेला भने त्यसको नाम नै लिन रूचाउँदिनन्।

त्यसैले एक महिनादेखि सामाजिक सञ्जालबाट टाढिएकी हुन्।

ब्यूरोले बोलाएपछि उनी मुम्बई गएकी थिइन्। त्यहाँबाट फर्किएर शकुन बत्राको चलचित्रको छायांकनका लागि गोवा पुगेकी छन्। यो चलचित्रमा दीपिकासँगै अनन्या पाण्डे तथा सिद्धार्थ चतुर्वेदी समेत मुख्य भूमिकामा छन्।

सुशान्तसिंह राजपूतको आत्महत्यापछि लागुऔषध प्रकरण बाहिर आएको थियो। ब्यूरोले उनलाई २४ सेप्टेम्बरमा नोटिस पठाएर सोधपुछका लागि बोलाएको थियो। उनको बाहिरिएको ह्वाट्सएप च्याटका कारण उनी छानबिनमा तानिएकी थिइन्। जसले गर्दा उनी सामाजिक  सञ्जाल प्रयोगकर्ताबाट ट्रोलको शिकारसमेत बनेकी थिइन्।

अहिले छायांकन भइरहेको उनको चलचित्र मार्च महिनामै प्रदर्शनमा आउने तयारी थियो। तर, कोरोना महामारीका कारण छायांकन नै रोकियो, जुन अहिले भइरहेको छ।

सुरूमा छायांकनका लागि श्रीलंका जाने योजना बनेको थियो। तर, कोरोना महामारीका कारण त्यो सम्भव नभएपछि गोवामै छायांकन थालिएको हो।

दीपिकासँग कबीर खानको चललचित्र ८३ पनि छ। यसमा रणवीर सिंह मुख्य भूमिकामा छन्। यसका साथै हलिउड चलचित्र द इन्टर्न को रिमेक तथा शाहरूख खानको पठान मा पनि उनी मूख्य भूमिकामा देखिदैंछिन्।

"> सामाजिक सञ्जालबाट किन टाढिइन् दीपिका ? : Dekhapadhi
सामाजिक सञ्जालबाट किन टाढिइन् दीपिका ?

प्रतिक्रिया दिनुहोस्