काठमाडौं।

उनको प्रिती पैले हो कि, मेरो प्रिती पैले
जान्दिनँ म– एकैचोटी के भो कुन्नी कैले ।।

एक महिनाअघि सार्वजनिक भएको यो गीत नसुन्ने र मन नपराउने सायदै होलान्।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले ५० वर्ष पहिले लेखेको उक्त गीतलाई नयाँ ‘भर्जन’मा गाउने मौका पाए– गायक प्रवीण बेडुवालले।

नेपाल आइडलको सिजन-३ को उत्कृष्ट ३ मा परेका प्रवीणलाई त्यही गीतले यतिबेला सफलताको शिखरमा डोहोर्‍याइरहेको छ।

बर्दिया राजापुरका प्रवीणको हातमा यतिबेला चर्चित गीतहरू छन्। ती गीतमार्फत् उनले नाम र दाम दुवै कमाइरहेका छन्।

राष्ट्रकविलाई आफ्नो जीवनकालमा भेट्न नपाए पनि उनले लेखेको गीत गाउन पाएकोमा प्रवीण आफूलाई निकै भाग्यमानी ठान्छन्।

“त्यो गीत गाउन पाउन मेरो लागि सौभाग्य हो। त्यो गीतले मलाई राम्रोसँग चिनाउने मौका मिलेको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेले ५० वर्ष अघि लेख्नु भएको गीत मैले गाउनपाउनु भनेको अहोभाग्यको कुरा हो,” उनले भने, “मैले आफ्नो जीवनकालमा उहाँलाई भेट्न पाएन। तर पनि ५० वर्ष अघि मेरै लागि उक्त गीत लेखेर राख्नुभएको रहेछ। त्यो गीत गाउन पाएकोमा म आफूूलाई निकै भाग्यमानी ठान्छु।”

उक्त गीतले प्रवीणलाई राम्रो पहिचान दियो। त्यसपछि उनको हातमा एकपछि अर्को हिट गीत पर्न थाल्यो।

नबोली नबोली तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो तिमीलाई नहेरी।

यो गीत टिकटक, सामाजिक सञ्जालदेखि लिएर मानिसहरूको मनमस्तिष्कमै झुण्डिएको छ। उक्त गीत गाउने मौका पनि प्रवीणले पाए।

संगीतकार अर्जुन पोखरेलले उनलाई गीतका लागि अफर गरेका थिए। बर्दियाका भएकाले पनि उक्त गीतका लागि उनी ‘पर्फेक्ट’ थिए।

‘नबोली नबोली’ को दिनै ढल्दैन भन्ने शब्दमा पश्चिमतिरको टोन दिनुपर्ने थियो। त्यसका लागि अर्जुनले प्रवीणलाई नै रोजे।

“गीत गाएपछि एकदम राम्रो बनेको रहेछ। त्यसको भिडिओ भने झनै राम्रो बन्यो। जुन दर्शकले निकै मन पराए। उक्त गीतमार्फत् नै मैले राम्रो मौका पाइरहेको छु,” प्रवीणले देखापढीसँग भने।

नेपाल आइडल यात्रा

प्रयाग संगीत विश्वविद्यालय इलाहाबाद (भारत)बाट शास्त्रीय संगीतमा उनले ब्याचलर्स गरे। संगीतलाई अगाडि बढाउने भन्दै उनी नेपाल आए।

तीन महिनाका लागि गजल गाउन चितवन आएका उनी बुटवलबाट नेपाल आइडलमा अडिसन दिए।

“८–९ वर्ष संगीतको रियाज गरेपछि आफ्नै स्वर सुन्दासुन्दै दिक्क लागिसकेको थियो। अब मेरो स्वर नै कस्तो भयो भनेर मैले केही न केही मूल्यांकन गर्नुपर्‍यो भनेर नेपाल आइडलतिर लागेँ,” प्रवीणले भने।

नेपाल आइडलबाट उनले आफ्नै मूल्यांकन गर्ने मौका पाए। बुटवल अडिसन हुँदै काठमाडौं आएका उनलाई यतिबेला काठमाडौंले राम्रैसँग चिनिसकेको छ।

सानैदेखि गीत संगीत भनेपछि हुरूक्कै हुने उनी ‘काँचो फलफूल बजारमा लग्यो भने कसैले किन्दैन’ भन्ने विचार राख्छन्।

त्यसका लागि उनले आफूूलाई अब्बल बनाउन शास्त्रीय संगीत पढे। जसले उनलाई सफल बनाउँदै लगेको छ।

कोरोना महामारीपछि मात्रै तीन दर्जन गीत

कोरोना महामारीका कारण सबै क्षेत्र ठप्प छ। मानिसहरूमा एकातिर त्रास छ भने अर्कोतिर चिन्ता छ।

तर, प्रवीणले भने त्यही त्रास र चिन्तालाई भगाउनका लागि यो अवधिमा मात्र तीन दर्जन जति गीत गाइसकेका छन्।

अहिलेको चर्चा र दर्शकको माया उनलाई सपनाजस्तै लागेको छ। “जुन चर्चा पाइरहेको छु, त्यो सपना हो। कुनै पनि आर्टिष्टलाई आफूले पाएको गीत अरूले सुनिदेओस्, आफूलाई चिनिदेओस् भन्ने हुन्छ,” उनले भने, “लकडाउनको समयमा पनि दर्शकको रूपमा युट्युबमार्फत् हेर्नेहरू धेरै छन्। यी सबै कुरा भनेको सपना हो। त्यो सपना साकार हुन पाउनु भनेको सबै भाग्यको कुरा होइन, जो कोहीले आफ्नो सपना पूरा गर्न पाउँदैनन्।”

गायन क्षेत्रबाट पाइरहेको सफलताबाट उनलाई अहिले आफू गीत संगीतकै लागि जन्मिएको मान्छे जस्तो लाग्न थालेको छ।

“अब म काठमाडौं छोड्दिनँ। मैले यहीँ कामबाट सफलता पाइरहेको छु। यहीँबाट धेरैको माया पाइरहेको छु। हामी धेरै कुरा खोजिरहेका हुन्छौं। तर, हामी जे चाहन्छौं त्यही मात्र गर्नुपर्छ। म गीत संगीतका लागि जन्मिएको हुँ, मैले यही क्षेत्रमा अगाडि बढ्नुपर्छ,” उनले भने।

नेपाल आइडलको यात्रादेखि यहाँसम्म आइपुग्दा दर्शकले जुन माया र विश्वास दिएका छन्। उनी त्यसलाई कहिल्यै पनि नतोड्ने र निराश हुन नदिने बताउँछन्।

“दर्शकहरूमा म प्रति जुन माया र विश्वास छ, म त्यसलाई कहिल्यै पनि खेर जान दिने छैन,” उनले भने।

कुनै पनि क्षेत्रमा सफल हुनका लागि त्यो क्षेत्रमा निरन्तरता र लगनशील भएर लाग्नुपर्ने उनी बताउँछन्।

" /> काठमाडौं।

"> त्याे गीत जसले प्रवीणलाई चर्चामा ल्यायाे, भन्छन्- राष्ट्रकविले ५० वर्षअघि मेरा लागि गीत लेख्नु भएकाे रहेछ: Dekhapadhi
त्याे गीत जसले प्रवीणलाई चर्चामा ल्यायाे, भन्छन्- राष्ट्रकविले ५० वर्षअघि मेरा लागि गीत लेख्नु भएकाे रहेछ

प्रतिक्रिया दिनुहोस्