काठमाडौं। लिजेन्ड्री गायक स्टीभ वन्डर, ७०, ले नयाँ दुई वटा गीत रिलिज गरेका छन्। उनले भर्चुअल पत्रकार सम्मेलन गरी नयाँ दुई गीत रिपब्लिक रेकर्डस मार्फत बजारमा ल्याएको जानकारी दिएका हुन्।
रिपब्लिक रेकर्डससँग यो नातासँगै मोटाउनसँग ६० वर्षदेखि जोडिएको स्टीभके सम्बन्ध टुटेको छ।
“हो अहिले मैले मोटाउन छोडें, तर म कहिल्यै मोटाउनलाई छोड्न सक्दिन,” स्टीभले भनेका छन्, “हामीले अझै पनि मोटाउनबाट धेरै कुरा गर्नसक्छौं भन्ने लाग्छ।”
सन् १९६१ मा मोटाउनले पहिलो पटक सम्झौता गर्दा स्टीभ मात्र ११ वर्षका थिए। उनले ११ वर्ष हुँदा गीतको लागि सम्झौता गरेका थिए।
‘होयर इज योर लव सङ’, र ‘कान्ट पुट इट इन द ह्याण्ड्स अफ फेट’ उनले ल्याएका नयाँ गीत हुन्। यी गीत उनले १५ वर्षको ग्यापपछि ल्याएका हुन्।
“अहिले हामीले हाम्रो देश र विश्वको लागि एक ‘वेक अप कल’ सुनिरहेका छौं र देशको लागि रोइरहेका छौं। यस्तोबेला हामीले माया प्रेम, शान्त र एकतामा ध्यान दिनुपर्छ,” स्टीभले भनेका छन्।
स्टीभले अन्तिम पटक सन् २००५ मा ‘अ टाइम टु लव’ एल्बम ल्याएका थिए। उनी गत वर्षको लण्डन महोत्सवमा पनि देखिएका थिए। त्यसपछि उनले मिर्गौला प्रत्यारोपण गरेका थिए।
" /> काठमाडौं। लिजेन्ड्री गायक स्टीभ वन्डर, ७०, ले नयाँ दुई वटा गीत रिलिज गरेका छन्। उनले भर्चुअल पत्रकार सम्मेलन गरी नयाँ दुई गीत रिपब्लिक रेकर्डस मार्फत बजारमा ल्याएको जानकारी दिएका हुन्।रिपब्लिक रेकर्डससँग यो नातासँगै मोटाउनसँग ६० वर्षदेखि जोडिएको स्टीभके सम्बन्ध टुटेको छ।

">