काठमाडौं। ‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूले जितेकी छन्।
उपाधि विजेता लिम्बूले शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारेकी छन्।
विजेताले लिम्बुले फिलिपिन्समा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टुरिज्म’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदैं आयोजित प्रतियोगितामा सिल्भिया केसी फर्स्ट रनरअप र सुविका पौडेल सेकेन्ड रनरअप भए।
अभ्यानी प्रोडक्सनले आयोजना गरेको प्रतियोगितामा प्रोभिन्सतर्फको उपाधिमा प्रोभिन्स ३ को महिमा महतो, प्रोभिन्स १ को रोमी राई, र प्रोभिन्स ५ को बिमिका थापा मगरले उपाधि हात पारे।
प्रतियोगितामा मिस पपुलर महिमा महतो, ब्युटी विथ पर्पोज सायक्सा सुनुवार, फेसन आइकन सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापा मगर, मिस भ्युअर्स च्वाइस सन्ध्या अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ शिखा आचार्य, मिस फ्रेन्डसिप प्रनिका राउतले जिते।
एसईई पास गरेका किशोर किशोरीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको छ। प्रतियोगितामा एक महिना अनलाइन र १० दिन रेसिडेन्सियल रूपमा विभिन्न कक्षा सञ्चालन गरिएको थियो।
प्रतियोगिताको निर्णायकमा मोडल दिक्पाल कार्की, रोहित मल्ल र पायल गुरुङ रहेका थिए। पायल गत सन् २०१९ को मिस नेपाल एसईई विजेता हुन्।
प्रतियोगिकाको कोरियोग्राफरका रुपमा पवन आचार्य थिए। कार्यक्रमको प्रमुख अतिथिमा राप्रपा उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य गोविन्दराज खनिया रहेका थिए।
" /> काठमाडौं। ‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूले जितेकी छन्।उपाधि विजेता लिम्बूले शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारेकी छन्।

">