काठमाडौं । आजदेखि नायक आर्यन सिग्देल र नायिका मिरूना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको छ ।
दुई बेरोजगार युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको निर्माण पक्षले जनाएको छ ।
जीवनको पिङ ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने उतारचढावलाई चलचित्रमा देखाइएको छ ।
साम्तेन भुटियाको निर्देशन र सम्पादन रहेको चलचित्रमा आर्यन र मिरूनासँगै माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायतको अभिनय छ ।
रोमान्टिक कमेडी जानरमा तयार भएको चलचित्र एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।
चलचित्रमा सुशन प्रजापतिको छायाँकन छ, भने पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।
चलचित्रमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत, यश्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी छ ।