काठमाडाैं। रिया चक्रवर्तीले आफ्ना छिमेकीविरुद्ध सीबीआईमा उजुरी दिएकी छन्।
लागुऔषध प्रकरणमा पक्राउ परेर २८ दिन न्यायिक हिरासतमा बसेर रिहा भएकी रियाले छिमेकी डिम्पल थवानीमाथि कारबाहीको माग गर्दै सीबीआईमा उजुरी दिएकी हुन्।
रियाले छिमेकी डिम्पलमाथि झुटाे बयान दिएर अनुसन्धानलाई भड्काउने प्रयास गरिएको आरोप लगाएकी छन्। आत्महत्या गरेका सुशान्तसिंह राजपूत प्रकरणको अनुसन्धान सीबीआईले गरिरहेको छ।
डिम्पलले मिडियालाई दिएको बयानमा १३ जूनको राति सुशान्त रियालाई छोड्न कुनै बिल्डिङसम्म गएको बताएकी थिइन्।
उनको बयानका आधारमा मिडियाको एक वर्गले रियामाथि विभिन्न खालका टिप्पणी गर्दै समाचार सम्प्रेषण गरेका थिए।
सीबीआईले उक्त बयानपछि छिमेकीसँग समेत सोधपुछ गरेकाे थियो। तर, कुनै प्रमाण फेला नगरेपछि झुटा सावित भएको थियो।
डिम्पलले मिडियालाई १३ जूनको राति सुशान्तले राति ६ देखि ६ः३० बजेको बीचमा घर छोडेर फर्किएको बताएकी थिइन्।
सुशान्त एक्लै रियालाई छोड्न आएको उनको भनाइ थियो। जब सीबीआई जाँचका लागि रियाको घर पुग्दा उनले भने जस्तो केही पनि प्रमाण भेटिएकाे थिएन।
रियाका वकिल सतीश मानशिन्देले रियाले आफ्नोबारे झुटा आरोप लगाउनेविरुद्ध कारबाहीका लागि अगाडि बढेकाे बताएका छन्।
टिभी तथा इलेक्ट्रोनिक मिडियामा झुटा तथा तथ्यहीन आरोप लगाउने व्यक्तिहरूको सूची सीबीआईलाई पठाउने र कारबाहीको माग गर्ने वकिल सतीशले बताए। एजेन्सी
" /> काठमाडाैं। रिया चक्रवर्तीले आफ्ना छिमेकीविरुद्ध सीबीआईमा उजुरी दिएकी छन्।लागुऔषध प्रकरणमा पक्राउ परेर २८ दिन न्यायिक हिरासतमा बसेर रिहा भएकी रियाले छिमेकी डिम्पल थवानीमाथि कारबाहीको माग गर्दै सीबीआईमा उजुरी दिएकी हुन्।

">