काठमाडौं। नेपाली आधुनिक तथा पार्श्व गायक प्रमोद खरेलको नयाँ गीत ‘छाती चिरेर’ युट्युब ट्रेण्डिङमा छ। अभिनेत्री तथा निर्मात्री ऋचा शर्मा र प्रमोदकै अभिनय रहेको गीतलाई निकै वियोगान्त बनाइएको छ।
केही समय अगाडि उनकी श्रीमतीले छोरीलाई जन्म दिएकी थिइन्। छोरीलाई जन्म दिँदा उनी जीवन र मरणसँग संघर्ष गर्दै थिईन्। त्यो समय प्रमोद पनि निकै पीडामा थिए। छोरी पाउँदाको खुशी साट्न पाएका थिएनन्। श्रीमती र छोरीको स्वास्थ्य अवस्था देखेर उनी निकै भावुक हुन्थ्ये।
अहिले सार्वजनिक भएको गीत ‘छाती चिरेर’ लाई धेरैले त्यो क्षणसँग तुलना गरेका छन्। युट्युबमा आएका धेरै जसो प्रतिक्रिया समेत त्यसैसँग सम्बन्धित छन्। हामीले पनि प्रमोदलाई, “यो गीत र भाउजूको प्रसव पीडासँग तुलना गर्न मिल्छ कि नाई ?” भनेर प्रश्न गर्यौँ। जवाफमा उनले भने, “मान्छेहरूलाई त्यस्तै त्यस्तै लाग्न सक्छ। ठ्याक्कै त्यस्तो खालको त होइन्। तर, म भर्खर हस्पिटल बसेर फर्किएको हुनाले धेरैको ध्यान त्यतातिर पनि गएको हुनुपर्छ।”
गीतको छायांकनको क्रममा समेत आफू अस्पताल बसाईको क्रममा भएका विभिन्न घटनाको याद आएको थियो। “छायांकनको क्रममा पनि ती घटनाहरू झलझली याद आयो। छायांकनको क्रममा नङ काट्दा, नुहाईदिँदा हस्पिटल बसाईका क्रममा गरेर हरेक क्रियाकलाप याद आयो।” उनले भने।
कसरी बन्यो गीत ?
प्रमोदको उक्त गीतको भिडिओ निकै वियोगान्त बनेको छ। उनी यूरोप भ्रमण गरेर नेपाल फर्किँदै थिए। त्यही बेला जहाजमै रहँदा उनले यो गीतका शब्द कोरेका थिए।
छाती चिरेर माया देऊ भन, माया दिन्छु म,
सारा खुशी, चैन देऊ मात्र भन, हाँसी हाँसी दिन्छु म।
छोड्ने छैन्, जबसम्म धर्तीमा रहन्छु,
तिम्रो लागि हावाहुरी, पानी सबै सहन्छु,
तर, मलाई भुल भन्छौं भने मान्दिन म।
तिमी बाहेक अरूसँग जिउन, जान्दिन म।
“यो गीत मैले यूरोपबाट फर्किदा फ्लाईटमै लेखेको हुँ। कुनै घटना विशेषलाई लिएर गरिएको होइन्। दुई जनाबीचको मायालाई चित्रण गरिएको हो। गहिरो मायालाई देखाउन खोजिएको हो। मान्छे मर्दा पनि प्रेमीले आफ्नो मायाप्रति समर्पण हुनुपर्छ भन्ने हो,” उनले भने, “मान्छे मरिसकेपछि पनि उ जीवितै छ भनेर वर्षौंसम्म माया गरेको हुन्छ। माया कहिल्यै मर्दैन भन्ने कुरालाई देखाउन खोजिएको हो।” प्रमोदले भने।
गीतको भिडिओ भने निकै वियोगान्त बनाइएको छ। यसको पछाडिको कारण भनेको गीतलाई नोटिसमा ल्याउनु हो। “यो गीतका शब्द त्यति धेरै वियोगान्त छैनन्। भिडिओ त्यही आधारमा बनेकाले त्यस्तो देखिएको मात्र हो। गीतलाई नोटिसमा पार्नका लागि भिडिओलाई फरक बनाउनुपर्छ भनेर यस्तो गरेका हौं।” उनले भने।
भिडिओको लागि ऋचा शर्मालाई मोडलिङ गराइएको छ। त्यसका लागि उनीहरू चार-पाँच जना महिला कलाकारको नाम छानेका थिए। जसमा ऋचा नै उत्कृष्ट अभिनय गर्न सक्ने भन्ने लागेपछि उनलाई छनोट गरिएको प्रमोदले बताएका छन्।
“मसँग खेल्ने को हुनुहुन्छ भनेर चार पाँच जनासँग वर्कआउट गर्यौं। त्यसपछि यो भिडिओका लागि सुहाउने ऋचा नै हो भनेर उहाँलाई फाइनल गरेका हौं।” उनले भने।
जब भिडिओ श्रीमतीले हेर्न सकिनन्
उक्त गीतको भिडिओ तयार भएपछि शुरूमा त प्रमोदको श्रीमतीले हेर्नै सकिनन्। श्रीमान् मरेको कुन चाही श्रीमतीले कल्पना गर्न सक्छन्। र उनको श्रीमतीलाई पनि त्यस्तै लाग्यो। दुई तीन पटक हेरेपछि मात्र उनी सहज भएको प्रमोद बताउँछन्।
“उनलाई शुरूमा हेर्न त अप्ठ्यारो भयो। म डेथ नै भएको कुरा हेर्न त गाह्रो नै हुन्छ। तर पनि छायांकन भन्दा पहिला नै कन्सेप्टबारे जानकारी गराएको थिए। त्यसले केही हदसम्म पहिला नै कन्भिन्स भइसकेकी थिइन्। दुई/तीन पटक भिडिओ हेरेपछि मात्र उनलाई सहज भयो।” उनले भने।
" /> काठमाडौं। नेपाली आधुनिक तथा पार्श्व गायक प्रमोद खरेलको नयाँ गीत ‘छाती चिरेर’ युट्युब ट्रेण्डिङमा छ। अभिनेत्री तथा निर्मात्री ऋचा शर्मा र प्रमोदकै अभिनय रहेको गीतलाई निकै वियोगान्त बनाइएको छ।केही समय अगाडि उनकी श्रीमतीले छोरीलाई जन्म दिएकी थिइन्। छोरीलाई जन्म दिँदा उनी जीवन र मरणसँग संघर्ष गर्दै थिईन्। त्यो समय प्रमोद पनि निकै पीडामा थिए। छोरी पाउँदाको खुशी साट्न पाएका थिएनन्। श्रीमती र छोरीको स्वास्थ्य अवस्था देखेर उनी निकै भावुक हुन्थ्ये।

">