काठमाडौं। सामान्य रूघाखोकी र हल्का ज्वरो थियो। त्यसपछि हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलाले पीसीआर परीक्षण गराए। रिपोर्टमा दुबै जनामा कोरोना पोजिटिभ देखियो।
आफूहरूलाई कोरोना पोजिटिभ देखिएपछि हरिवंशले तुरून्तै मदनकृष्णलाई फोन गरे। भने, “दाई रमिला र मेरो पीसीआर परीक्षण गराएको, रिर्पोटमा त दुवैजनालाई पोजिटिभ पो देखायो त।” फोनमार्फत उक्त जानकारी पाएपछि मदनकृष्णलाई तनाब भयो।
मदनकृष्ण एकछिन झस्किए। किनकी दुबै जना दुई दिन बिहानदेखि बेलुकासम्म एउटा शुटिङ्मा व्यस्त थिए। त्यसपछि उनलाई पनि शतप्रतिशत कोरोना संक्रमण भएको अनुमान गरे। “दुई दिनसँगै थियौं। फेरि एउटै गाडीमा चढेका थियौं। त्यसमाथि म त पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँच थरि औषधी खाइराखेको मान्छे,” मदनकृष्णले भने.। हुन त उनी केही हुँदैन भन्नेमा ढुक्क थिए। तर पनि मनले मानिरहेको थिएन। ‘ह’ लाई समातेपछि ‘म’ लाई के बाँकी राख्ला र, समात्यो होला भनेर घरमै आइसोलेनमा बसे।
आज बिहानै बी एण्ड बी अस्पतालमा पीसीआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो। घरमै बसिरहेका मदनकृष्णलाई बी एण्ड बी अस्पतालका डा. रीना बैद्यले फोन गरिन्, 'तपाईको पीसीआर रिपोर्ट नेभेटिभ आको छ हैं अंकल।'
उनले आफ्नो रिपोर्ट नेगेटिभ आएको कुरा तुरून्तै फोन गरेर हरिवंशलाई जानकारी गराए। रिपोर्ट नेगेटिभ आएको थाहा पाएपछि हरिवंशले भने, “ओहो दाई, खबर सुनेर मेरो त मनै हलुका भयो। मलाई आफ्नो भन्दा तपाईंको बढी चिन्ता लागिरहेको थियो।”
जब मदनकृष्णको रिपोर्ट नेगेटिभ आएको जानकारी आयो त्यसपछि उनकी नातिनी गरिष्माले हजुरबुवालाई अंगालो हाल्दै खुसी व्यक्त गरिन्। कोरोनाबाट बच्न लापरवाही गरेर नहिँड्न मदनकृष्णले आग्रह गरेका छन्।
यसअघि मह जोडीको ‘ह’ (हरिवंश) र उनकी श्रीमतीलाई कोरोना पोजिटिभ देखिएको थियो। अहिले उनीहरू होम आइसोलेनसमा बसिरहेका छन्। आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरूले बताएका छन्।