एजेन्सी। सलमान खान प्रस्तोता रहेको रियालिटी शो ‘बिग बोस’लाई प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ। बिग बोसको १४ औँ संस्करण चलिरहेको छ। यसमा विभिन्न खालका अश्लिलता फैलाएको भन्दै प्रतिबन्ध लगाउनुपर्ने माग उठेको हो।
शोकी प्रतियोगी निक्की तन्बोली तथा पवित्र पुनियाले सिद्धाथलाई रिझाउनका लागि केही नयाँ काम गरेका छन्। यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रूचाएनन् र चर्को आलोचनाको सामना गर्नुपरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बहिष्कारको आवाज उठाएका छन्। उनीहरूले रियालिटीको नाममा दर्शकमाथि अश्लिलता थुपार्न खोजेको भन्दै प्रतिबन्ध लगाउन माग गरेका हुन्।
उक्त शोमा नैना सिंह, शार्दुल पण्डित तथा रश्मि गुप्ता नयाँ प्रतियोगी हुनसक्छन्। शोमा सहभागी गराउनका लागि उनीहरूलाई पहिला नै क्वारेन्टिनमा बस्न लगाइएको थियो। त्यसका लागि बिग बोसले सुरक्षित कोठाहरू तयार पारेको छ।
हरेक सिजनमा कुनै न कुनै नयाँ गरिन्छ, जसका कारण कुनै बेला चर्चामा आउँछ भने कुनै समय विवादमा आउँछ। अहिलेको १४ औँ सिजन भने विवादमा आएको छ।
" /> एजेन्सी। सलमान खान प्रस्तोता रहेको रियालिटी शो ‘बिग बोस’लाई प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ। बिग बोसको १४ औँ संस्करण चलिरहेको छ। यसमा विभिन्न खालका अश्लिलता फैलाएको भन्दै प्रतिबन्ध लगाउनुपर्ने माग उठेको हो।शोकी प्रतियोगी निक्की तन्बोली तथा पवित्र पुनियाले सिद्धाथलाई रिझाउनका लागि केही नयाँ काम गरेका छन्। यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रूचाएनन् र चर्को आलोचनाको सामना गर्नुपरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बहिष्कारको आवाज उठाएका छन्। उनीहरूले रियालिटीको नाममा दर्शकमाथि अश्लिलता थुपार्न खोजेको भन्दै प्रतिबन्ध लगाउन माग गरेका हुन्।

">