एजेन्सी। मुम्बई उच्च अदालतको आदेशपछि रिया चक्रवर्ती हिजो, ७ अक्टोबरमा रिहा भइन्। सुशान्तसिंह राजपूत आत्महत्यापछि लागुऔषध प्रकरणमा भायखला जेलमा रहेकी उनी २८ दिनमा रिहा भएकी थिइन्। उनलाई लिनका लागि उनका आमाबुवा दुवै जना जेलसम्म पुगेका थिए। जेलबाट बेलुकाको ५ बजे नै उनी छुटेकी थिइन्। तर, उनको घरबाहिर पत्रकार भीड देखिएपछि उनी राति एक बजे मात्र घर गइन्।
रियाका वकिल सतीश मानसिन्देले एक अन्तर्वार्ताको क्रममा जेलमा रियाले आफ्ना दिनहरू कसरी बिताइन् भन्नेबारे जानकारी गराएका छन्। जेलमा रहेका बेला आफूलाई सकारात्मक राख्नमा उनले निकै प्रयोग गरेको उनले बताएका छन्।
वकिल सतीश जेलभित्रै गएर रिया के गरिरहेकी छिन् भनेर हेर्न जाने गरेका थिए। उनी जेलमा अन्य कैदीलाई योग सिकाएर दिन कटाउने गरेकी थिइन्। जेलमा आफूलाई सकारात्मक राख्न रियाले अनेकन उपाय अपनाउँथिन्।
कोरोना महामारीका कारण घरको खाना जेलमा ल्याउन रोक लगाइएको थियो। उनलाई पनि अन्य कैदीसरह सामान्य सुविधा मात्र प्रदान गरिएको वकिल सतीशले बताएका छन्।

उनी एक आर्मी गर्ल भएकाले युद्धजस्तै गरेर हरेक समस्याको सहज रूपमा सामना गरेको बताइएको छ। उनी घरपरिवारका कारण मात्र केही हिचकिचाएकी थिइन्। नत्र उनी यो समस्यासँग जुधेरै सामना गर्ने तयारीमा थिइन्।
गत जुन १४ मा सुशान्तले आत्महत्या गरेपछि अनुसन्धानको क्रममा ड्रग्सको प्रकरणले बलिउड निकै तातेको थियो। अब रिया जेलबाट रिहा भएसँगै यस घटना शृङ्खलाले कुन मोड लिन्छ भन्नु अहिले चाँडो हुनेछ।
सीबीआईले गरेको अनुसन्धान र एम्स अस्पतालको पोष्टमार्टम रिर्पोटले सुशान्तको हत्या नभई आत्महत्या नै भएको देखाएको छ।
" /> एजेन्सी। मुम्बई उच्च अदालतको आदेशपछि रिया चक्रवर्ती हिजो, ७ अक्टोबरमा रिहा भइन्। सुशान्तसिंह राजपूत आत्महत्यापछि लागुऔषध प्रकरणमा भायखला जेलमा रहेकी उनी २८ दिनमा रिहा भएकी थिइन्। उनलाई लिनका लागि उनका आमाबुवा दुवै जना जेलसम्म पुगेका थिए। जेलबाट बेलुकाको ५ बजे नै उनी छुटेकी थिइन्। तर, उनको घरबाहिर पत्रकार भीड देखिएपछि उनी राति एक बजे मात्र घर गइन्।रियाका वकिल सतीश मानसिन्देले एक अन्तर्वार्ताको क्रममा जेलमा रियाले आफ्ना दिनहरू कसरी बिताइन् भन्नेबारे जानकारी गराएका छन्। जेलमा रहेका बेला आफूलाई सकारात्मक राख्नमा उनले निकै प्रयोग गरेको उनले बताएका छन्।

">