‘लक्ष्मी बम’काे प्रमाेशन भाेलिबाट, अक्षय कुमार आईपीएलमा देखिन सक्ने

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम’ ९ नोभेम्बरमा रिलिज हुँदैछ।

कोरोना महामारीका बेला भएकाले यो चलचित्र ओटीटी प्लेटफार्ममा रिलिज हुनेछ।

अक्षय कुमारले एक महिनासम्म यसको प्रमोशन गर्नेछन्।

यसको सुरुआत भोलि ९ अक्टूबरबाट हुने भएको छ।

यसको ३० दिनभित्र चलचित्रको तीनवटा गीत रिलिज गरिनेछ।

भारतीय सञ्चारमाध्यमका अनुसार अक्षय कुमार प्रमोसनल क्याम्पेन चलाउने छन्।

चलचित्रको प्रमोसनका लागि भर्चुुअल प्रेस कन्फ्रेन्स र इन्डियन प्रिमियर लिग (आईपीएल)सँग जोडिने तयारी छ।

अक्षय कुमार आईपिएलको प्री–म्याच शो मा देखिन सक्नेछन् र कमेन्ट्री बक्समा पनि जान सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘लक्ष्मी बम’ दक्षिण भारतीय चलचित्र ‘कंचना’को रिमेक हो, जुन हरर कमेडी चलचित्र हो। अक्षय कुमार चलचित्रमा एक ‘ट्रान्सजेन्डर’ भूतको रुपमा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्