एजेन्सी। सुशान्त सिंह राजपुतको आत्महत्याको घटनाको अनुसन्धानले खुलाएको बलिउडको ड्रग्सको पाटोमा मुछिएकी अभिनेत्री रिया चक्रवर्ती आज जमानतमा रिहा हुने बताइएको छ।
मुम्बई उच्च अदालतले बलिउड अभिनेत्री चक्रवर्तीलाई आज जमानतमा रिहा गर्न आदेश दिइसकेको छ। उनले जमानतस्वरूप एक लाख भारतीय रूपैयाँ बुझाउनुपर्ने जनाइएको छ।
प्रक्रिया ढिलो भई दिन बितेको खण्डमा भने उनको जमानत भोलि मात्र हुनेछ।
चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले अवैध लागुऔषधको मामिलामा गिरफ्तार गरेको थियो। अभिनेत्रीका भाइ शोविक चक्रवर्तीको जमानत भने अदालतले अस्वीकार गरेको छ।
त्यस्तै, सुशान्त सिंह राजपुतका प्रबन्धक सामुअल मिरान्डा र घरेलु कामदार दीपेश सावन्तलाई पनि जमानतमा छोडिने भएको छ।
" /> एजेन्सी। सुशान्त सिंह राजपुतको आत्महत्याको घटनाको अनुसन्धानले खुलाएको बलिउडको ड्रग्सको पाटोमा मुछिएकी अभिनेत्री रिया चक्रवर्ती आज जमानतमा रिहा हुने बताइएको छ।मुम्बई उच्च अदालतले बलिउड अभिनेत्री चक्रवर्तीलाई आज जमानतमा रिहा गर्न आदेश दिइसकेको छ। उनले जमानतस्वरूप एक लाख भारतीय रूपैयाँ बुझाउनुपर्ने जनाइएको छ।

">