काठमाडौं । कुनै दम्पतीले छोराको चाहाना राख्नु गलत होइन । तर छोराकै लागि लिंग पहिचान गरेर भ्रुण हत्या गर्नु भनेको कानुनी अपराध हो । तै पनि यो क्रम रोकिएको छैन । यही विषयलाई समेटेर गीतकार कालीप्रसाद रिजालले चेतना मूलक गीत लेखेका छन् ।
गीतले भन्छ–
‘मै छोरीलाई गर्भमा नै नझार्नुुस् है मेरी आमा
आमा भन्न नपाई मलाई नमार्नुस् है मेरी आमा...’
छोरी भएर जन्मनै नपाउने क्रुर अन्धविश्वासलाई तोड्न छोरीले गीतमा आमालाई आग्रह गरेकी छन् । रिजालको गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् भने निशा देशारले स्वर दिएकी छन् ।
आफू मरेपछि काज किरिया गर्ने आशमा होस् या स्वर्ग जाने बाटो खुलाउने अन्धविश्वासमा होस्, छोरा कै चाहना राख्ने अभिभावक अझै पनि थुप्रै छन् समाजमा ।
नेपालमा लिंग पहिचान गरेर गर्भपतन गराउन मिल्दैन । कानुनले अनिच्छुक गर्भ भएमा वा बच्चा जन्माउँदा आमामा असर पर्न सक्ने अवस्थामा १२ हप्ता अर्थात् तीन महीनासम्मको मात्रै गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । तर, नेपालीहरु लिंग पहिचान गरी गर्भपतन गराउन भारतका विभिन्न ठाउँसमेत जाने गरेका छन् ।
परिवारले गर्भपतनको दवाब दिएपछि आमाले छोरीको भविष्य सोच्दै गरेकाे कथा म्युजिक भिडिओमा देखाइएको छ । भिडिओमा सिर्जना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती र संगीतकार सन्तोषको अभिनय रहेको छ ।