काठमाडाैं। कोरोना महामारी कारण चलचित्र क्षेत्रमा निकै असर परेको छ।
लामो समयदेखि चलचित्र प्रदर्शनमा आउन सकेका छैनन्। जसले गर्दा थुप्रै हलिउड चलचित्रको प्रदर्शन मिति समेत एक वर्ष पछि धकेलिएको छ।
ठूला-ठूला हलिउड निर्माताहरू आफ्नो चलचित्रको प्रदर्शन मिति नै परिवर्तन गर्न थालेका छन्।
कोरोना महामारीबाट बच्न लकडाउन गरियाे, जसका कारण चलचित्र क्षेत्र ठप्प बन्यो।
लकडाउनकैबीच क्रिस्टोफर नोलनको चलचित्र 'टेनेट' प्रदर्शनमा आयो।
चलचित्रको कारोबार सन्तोषजनक त भयो तर, सिनेमाघरले धेरै नाफा कमाउन सकेनन्।
टेनेटको यो हालत देखेर अन्य ठूल्ठूला चलचित्रहरू 'ब्ल्याक विडो', 'वण्डर वुमेन १९८४', 'नो टाइम टु डाई' लगायतका चलचित्रले आफ्नो प्रदर्शन मिति नै केही पर धकेलेका छन्।
विश्वमा अहिले विभिन्न देशले कोरोनाको भ्याक्सिन बनाइरहेका छन्। अबको केही महिनाभित्रमा भ्याक्सिन बजारमा आउने तयारी छ।
त्यसैलाई मध्यनजर गर्दै हलिउड चलचित्रकर्मीहरूले आफ्नो चलचित्रको प्रदर्शन मिति केही पर धकेलेका हुन्।
अब 'ब्ल्याक विडो' ७ मे २०२१ मा, 'वण्डर वुमेन १९८४' २५ डिसेम्बर २०२० मा तथा जेम्स बोण्डको चलचित्र 'नो टाइम टु डाई' २ अप्रिल २०२१ मा प्रदर्शनमा आउनेछन्। एजेन्सी
" /> काठमाडाैं। कोरोना महामारी कारण चलचित्र क्षेत्रमा निकै असर परेको छ।लामो समयदेखि चलचित्र प्रदर्शनमा आउन सकेका छैनन्। जसले गर्दा थुप्रै हलिउड चलचित्रको प्रदर्शन मिति समेत एक वर्ष पछि धकेलिएको छ।

">