काठमाडौं। कोभिड–१९ महामारीका कारण फिल्मी क्षेत्रको काम धेरै दिनसम्म रोकियो। अहिले विस्तारै ‘ट्रयाक’ समाउँदैछ।
सुटिङको काम सुरु हुँदैछ। धेरै दिनसम्म काम रोकिएपछि चलचित्रको बजेट पनि प्रभावित भएको छ।
यसैक्रममा बलिउड अभिनेता शाहिद कपूरले आफ्नो आगामी चलचित्र ‘जर्सी’का लागि कम पारिश्रमिक लिने घोषणा गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको बजेट कम गर्नकै लागि शाहिदले आफ्नो पारिश्रमिक घटाएका हुन्।
पहिले शाहिदले ३३ करोड भारतीय रूपैयाँ र चलचित्रको आम्दानीमा शेयर लिने भनेका थिए।
अब शाहिदले २५ करोडमा काम गर्नेछन्। उनले आफ्नो पारिश्रमिकमा ८ करोेड कम गरेका हुन्।
यद्यपि शेयरको विषयमा भने उनले केही फेरबदल गरेका छैनन्।
‘जर्सी’ पनि ‘कबीर सिंह’ जस्तै तेलुगु चलचित्रको रिमेक हो। यसमा शाहिद क्रिकेटरको भूमिकामा देखिनेछन्।
" /> काठमाडौं। कोभिड–१९ महामारीका कारण फिल्मी क्षेत्रको काम धेरै दिनसम्म रोकियो। अहिले विस्तारै ‘ट्रयाक’ समाउँदैछ।सुटिङको काम सुरु हुँदैछ। धेरै दिनसम्म काम रोकिएपछि चलचित्रको बजेट पनि प्रभावित भएको छ।

">