काठमाडौं। कोरोना कहरकाबीच चर्चित भारतीय टेलिभिजन शो बिग बोसको १४ औं संस्करण हिजोबाट सुरु भएको छ। निकै तामझामसहित शोको ग्राण्ड प्रिमियर गरिएको थियो। कार्यक्रम सञ्चालक सलमान खानले उद्घाटनलाई भव्य बनाउन आफ्नो तर्फबाट विशेष भूमिका निर्वाह गरेका थिए।
ग्राण्ड प्रिमियरमा दर्शकलाई भरपुर मनोरञ्जन दिने प्रयास गरिएको थियो। भविष्यवाणीदेखि घरलाई पवित्र बनाउन आवश्यक पर्ने मन्त्र जपसमेत गरियो। शो पहिलो भागमा सलमानले प्रतिस्पर्धीलाई आफ्नै विवाहबारे प्रश्न राखेका थिए। ज्योतिषि पण्डित जनार्दनलाई सलमानले आफ्नो विवाह कहिले हुन्छ भन्दै भविष्यवाणी गर्न लगाएका थिए। जवाफमा ज्योतिषले भने, 'तपाईंको विवाहको योग हटिसक्यो। अब विवाह हुँदैन।'
कार्यक्रम सञ्चालन गर्नका लागि सलमानले आफ्नो पारिश्रमिक दोब्बरले बढाएका छन्। उनले शो का लागि ४५० करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमामध्यमले दाबी गरेका छन्। बिग बोस १३ का बिजेता सिद्धार्थ शुक्ला, सिजन ७ का विजेता गौहर खान तथा सिजन ११ का फर्स्ट रनर अप हिना खान पनि शो को हिस्सा बनेका छन्। उनीहरूलाई विशेष भूमिका दिइएको छ।
" /> काठमाडौं। कोरोना कहरकाबीच चर्चित भारतीय टेलिभिजन शो बिग बोसको १४ औं संस्करण हिजोबाट सुरु भएको छ। निकै तामझामसहित शोको ग्राण्ड प्रिमियर गरिएको थियो। कार्यक्रम सञ्चालक सलमान खानले उद्घाटनलाई भव्य बनाउन आफ्नो तर्फबाट विशेष भूमिका निर्वाह गरेका थिए।ग्राण्ड प्रिमियरमा दर्शकलाई भरपुर मनोरञ्जन दिने प्रयास गरिएको थियो। भविष्यवाणीदेखि घरलाई पवित्र बनाउन आवश्यक पर्ने मन्त्र जपसमेत गरियो। शो पहिलो भागमा सलमानले प्रतिस्पर्धीलाई आफ्नै विवाहबारे प्रश्न राखेका थिए। ज्योतिषि पण्डित जनार्दनलाई सलमानले आफ्नो विवाह कहिले हुन्छ भन्दै भविष्यवाणी गर्न लगाएका थिए। जवाफमा ज्योतिषले भने, 'तपाईंको विवाहको योग हटिसक्यो। अब विवाह हुँदैन।'

">