काठमाडौं। भारतमा ६ महिनादेखि बन्द रहेको चलचित्र हल अक्टोबर १५ बाट खुल्दै छन्। गत मार्चदेखि भारतको चलचित्र उद्योग लकडाउनका कारण बन्द भएको थियो।
भारतमा चलचित्रको छायांकनको काम सुचारु भए पनि हल भने बन्द छ। अब आगामी १५ दिनमा सिनेमा हलहरू पनि खुल्न लागेको हो।
यसका लागि गृह मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने जनाएको छ। मापदण्डअनुसार ५० प्रतिशत दर्शक राखेर हल सञ्चालन गर्न पाइनेछ। तर, भारतका विभिन्न राज्यमा भने आजैबाट हल सञ्चालनमा आइसकेका छन्।
नेपालमा कहिले?
छिमेकी देशमा छायांकनको जारी र अबको १५ दिनपछि हलसमेत सञ्चालनमा आउने भएपछि नेपालमा पनि यसबारे बहस सुरु भएको छ।
चलचित्रकर्मीहरूले सरकारसँग तत्काल अनुमति दिन माग गर्दै आएका छन्। चलचित्र उद्योगका विभिन्न संघसंस्थाले सरकार, मन्त्री तथा चलचित्र विकास बोर्डमार्फत् चलचित्र हल सञ्चालन तथा छायांकनको अनुमति दिन आग्रह गर्दै आएका छन्।
उनीहरूले सरकारले अनुमति दिएको खण्डमा चलचित्र क्षेत्रलाई चलायमान बनाउन तयार रहेको बताएका छन्।
चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले अब सबै प्रतिबन्ध हटाउनुपर्ने बताए। “राज्यले अनुमति दिएको खण्डमा जुनसुकै बेला पनि छायांकन, प्रदर्शन तथा अन्य काम गर्न तयार छौँ,” उनले भने, “यसका लागि हामी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न पनि तयार छौँ, तर सरकारले चाँडोभन्दा चाँडो अनुमति दिनुपर्छ।”
अहिलेको अवस्थामा व्यापार तथा मुनाफाका लागि भन्दा पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
भारतमा दसैं, तिहार र छठलाई लक्षित गरेर हल सञ्चालनको अनुमति प्रदान गरिएको हो। चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले अब नेपालमा पनि दशैं, तिहारलाई लक्षित गरेर हल सञ्चालन गर्न दिनुपर्ने बताउँछन्।
“दसैं, तिहार भनेको चलचित्रको व्यापारका लागि उपयुक्त समय हो,” उनी भन्छन्, “यो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर हल खोल्नुपर्छ। पहिला नै प्रदर्शनका लागि तयार रहेका चलचित्र प्रदर्शनमा आउँछन्।”
कोरोना महामारीका कारण २५ भन्दा बढी चलचित्र प्रदर्शनको तयारीमा छन्। त्यस्तै, दुई दर्जन बढी चलचित्र छायांकनको क्रममा छन् भने अनुमति प्रदान गरिएको खण्डमा दुई दर्जन बढी चलचित्र छायांकनमा जानेछन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र क्षेत्र सञ्चालनको अनुमतिका लागि सरकारले छलफल जारी राखेको बताउँछन्। चलचित्रकर्मीहरूले पटक–पटक माग उठाउँदैं आएको भन्दै यस विषयमा सरकारले आवश्श्यक गृहकार्य अगाडि बढाइरहेको उनको भनाइ छ।