काठमाडौं । कलाकार सुनैना ठाकुरको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भइरहेको छ । २७ भदौदेखि शुरू भएको प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

प्रदर्शनीमा महिला हिंसा, सशक्तिकरण, समानता, अधिकार, शान्ति र समृद्धिलगायत ‘थिम’मा आधारित ४० चित्रकला राखिएका छन् । प्रदर्शनीमा नेपाली हस्तकलाका सामग्री समेत छन् ।

त्यस्तै, मिथिला चित्रकला पेन्टिङ गरिएका टिसर्ट, झोला, रूमाललगायतका सामग्री समेत राखिएको कालाकार ठाकुरले जानकारी दिइन् ।  प्रदर्शनीको पहिलो चार दिनमै १० थान चित्रकला बिक्री भइसकेको उनको भनाइ छ ।

मिथिला कलामार्फत् महिला सशक्तिकरण, लैङ्गिक समानता र अधिकारको क्षेत्रमा योगदान पु¥याए वापत् सुनैनाले २१ भदौमा काठमाडौंमा ५० हजार राशीको ‘संगती ग्रान्ट अवार्ड’ प्राप्त प्राप्त गरेकी थिइन् ।

उनले यूएनडीपीको ‘एन पिस अवार्ड २०१२’, र अमेरिकास्थित सर्च फर कमन ग्राउण्डको ‘कमन ग्राउन्ड अवार्ड २०१६’, केयर नेपालको ‘सफल महिला उद्यमी अवार्ड २०१५’ तथा ‘ललितकला विशेष पुरस्कार २०१७’ र ‘राष्ट्रिय ललितकला पुरस्कार २०१८’ प्राप्त गरिसकेकी छन् ।

अमेरिकामा समेत एकल चित्रकला प्रदर्शनी गरिसकेकी ठाकुरले जनकपुर र काठमाडौंको ठमेलमा सुनौना मिथिला आर्ट ग्यालरी र प्रशिक्षण केन्द्र चलाइरहेकी छन् ।

" /> काठमाडौं । कलाकार सुनैना ठाकुरको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भइरहेको छ । २७ भदौदेखि शुरू भएको प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

प्रदर्शनीमा महिला हिंसा, सशक्तिकरण, समानता, अधिकार, शान्ति र समृद्धिलगायत ‘थिम’मा आधारित ४० चित्रकला राखिएका छन् । प्रदर्शनीमा नेपाली हस्तकलाका सामग्री समेत छन् ।

त्यस्तै, मिथिला चित्रकला पेन्टिङ गरिएका टिसर्ट, झोला, रूमाललगायतका सामग्री समेत राखिएको कालाकार ठाकुरले जानकारी दिइन् ।  प्रदर्शनीको पहिलो चार दिनमै १० थान चित्रकला बिक्री भइसकेको उनको भनाइ छ ।

मिथिला कलामार्फत् महिला सशक्तिकरण, लैङ्गिक समानता र अधिकारको क्षेत्रमा योगदान पु¥याए वापत् सुनैनाले २१ भदौमा काठमाडौंमा ५० हजार राशीको ‘संगती ग्रान्ट अवार्ड’ प्राप्त प्राप्त गरेकी थिइन् ।

उनले यूएनडीपीको ‘एन पिस अवार्ड २०१२’, र अमेरिकास्थित सर्च फर कमन ग्राउण्डको ‘कमन ग्राउन्ड अवार्ड २०१६’, केयर नेपालको ‘सफल महिला उद्यमी अवार्ड २०१५’ तथा ‘ललितकला विशेष पुरस्कार २०१७’ र ‘राष्ट्रिय ललितकला पुरस्कार २०१८’ प्राप्त गरिसकेकी छन् ।

अमेरिकामा समेत एकल चित्रकला प्रदर्शनी गरिसकेकी ठाकुरले जनकपुर र काठमाडौंको ठमेलमा सुनौना मिथिला आर्ट ग्यालरी र प्रशिक्षण केन्द्र चलाइरहेकी छन् ।

"> जापानमा मिथिला चित्रकला: Dekhapadhi
जापानमा मिथिला चित्रकला
काठमाडौं । कलाकार सुनैना ठाकुरको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भइरहेको छ । २७ भदौदेखि शुरू भएको प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

प्रदर्शनीमा महिला हिंसा, सशक्तिकरण, समानता, अधिकार, शान्ति र समृद्धिलगायत ‘थिम’मा आधारित ४० चित्रकला राखिएका छन् । प्रदर्शनीमा नेपाली हस्तकलाका सामग्री समेत छन् ।

त्यस्तै, मिथिला चित्रकला पेन्टिङ गरिएका टिसर्ट, झोला, रूमाललगायतका सामग्री समेत राखिएको कालाकार ठाकुरले जानकारी दिइन् ।  प्रदर्शनीको पहिलो चार दिनमै १० थान चित्रकला बिक्री भइसकेको उनको भनाइ छ ।

मिथिला कलामार्फत् महिला सशक्तिकरण, लैङ्गिक समानता र अधिकारको क्षेत्रमा योगदान पु¥याए वापत् सुनैनाले २१ भदौमा काठमाडौंमा ५० हजार राशीको ‘संगती ग्रान्ट अवार्ड’ प्राप्त प्राप्त गरेकी थिइन् ।

उनले यूएनडीपीको ‘एन पिस अवार्ड २०१२’, र अमेरिकास्थित सर्च फर कमन ग्राउण्डको ‘कमन ग्राउन्ड अवार्ड २०१६’, केयर नेपालको ‘सफल महिला उद्यमी अवार्ड २०१५’ तथा ‘ललितकला विशेष पुरस्कार २०१७’ र ‘राष्ट्रिय ललितकला पुरस्कार २०१८’ प्राप्त गरिसकेकी छन् ।

अमेरिकामा समेत एकल चित्रकला प्रदर्शनी गरिसकेकी ठाकुरले जनकपुर र काठमाडौंको ठमेलमा सुनौना मिथिला आर्ट ग्यालरी र प्रशिक्षण केन्द्र चलाइरहेकी छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्