काठमाडौं। बलिउड अभिनेत्रीहरू दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरोले लागुऔषध कनेक्सनमा सोधपुछ गरेको छ। तर, उनीहरू तीनैजनाको सम्बन्ध लागुऔषधको कारोबार गर्ने गिरोहसँग भने नदेखिएको ब्यूरोले जनाएको छ।
सोधपुछका क्रममा उनीहरूको मोबाइलको समेत जाँच गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार बयानका क्रममा तीनैजना नायिकाले आफूहरूले ड्रग्सको सेवन नगरेको बताएका थिए।
अब छानविनको क्रममा कुनै बलियो प्रमाण भेटिएको खण्डमा मात्र सोधपुछ गरिने ब्यूरोले जनाएको छ।
दीपिकालाई म्यानेजर करिश्मा प्रकाशसँगको च्याटको बिषयमा सोधपुछ गरिएको थियो। दीपिकाले आफूले चुरोटको बिषयमा कुरा गरेको तर, ड्रग्स सेवन नगरेको बयान दिएकी थिइन्। यस्तै, श्रद्धाले आफूले व्यक्तिगत प्रयोजनका लागि नभई मेडिकल प्रयोजनका लागि मगाएको बयान दिएकी थिइन्।
सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडका धेरै कलाकार लागुऔषधको छानविन दायरामा परेका छन्। उनकी प्रेमिका रिया चक्रवर्तीलाई ब्यूरोले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। बलिउड अभिनेत्रीहरू दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरोले लागुऔषध कनेक्सनमा सोधपुछ गरेको छ। तर, उनीहरू तीनैजनाको सम्बन्ध लागुऔषधको कारोबार गर्ने गिरोहसँग भने नदेखिएको ब्यूरोले जनाएको छ।सोधपुछका क्रममा उनीहरूको मोबाइलको समेत जाँच गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार बयानका क्रममा तीनैजना नायिकाले आफूहरूले ड्रग्सको सेवन नगरेको बताएका थिए।

">