सोनू सूदलाई विशेष मानवीय कार्य पुरस्कार

एजेन्सी। कोरोना महामारीका कारण समस्यामा परेकाहरूलाई सहयोग गर्दै आएका बलिउड अभिनेता सोनू सूदलाई संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)द्वारा ‘एसडीजी’ विशेष मानवीय कार्य पुरस्कारबाट सम्मानित गरिएको छ।

भर्चुअल समारोहकाबीच उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। अवार्ड प्राप्त गरेपछि सोनुले खुसी व्यक्त गरेका छन्।

सोनूले भारत लकडाउन भएको अवस्थामा मुम्बईमा रहेका लाखौं आप्रवासीलाई आफ्नो घर पुर्‍याउन सहयोग गरेका थिए भने अन्य विभिन्न कारणले समस्यामा परेकालाई समेत उनले सहयोग गर्दै आएका थिए। त्यस्तै, उनले कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूलाई जागिर पनि दिएका थिए।

यसअघि प्रियंका चोपडा, एन्जेलिना जोली, डेबिड बेकहम, लियोनार्डो डिक्याप्रियो, एम्मा वाट्सनलगायत सेलिब्रिटी यस पुरस्कारबाट सम्मानित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्