काठमाडौं। कोरोना महामारीका कारण चलचित्र क्षेत्रको काम ठप्प छ। यतिबेला चलचित्रकर्मीहरू फुर्सदमा छन्। फुर्सदको समयमा भने उनीहरू खाली भने बसेका छैनन्।
उनीहरू कुनै न कुनै काममा व्यस्त देखिएका छन्। म्युजिक भिडिओको काम भने चलिरहेको छ।
म्युजिक भिडिओमा गायक-गायिका तथा मोडल मात्र नभएर चलचित्रकर्मी पनि देखिएका छन्। पछिल्लो समय निकै व्यस्त र चर्चामा रहेका नायिकाहरूले म्युजिक भिडिओबाट पनि त्यत्तिकै चर्चा कमाइरहेका छन्।
केकी अधिकारी
नायिका केकी अधिकारीले महामारीकाबीच तीन वटा म्युजिक भिडिओमा काम गरिसकेकी छिन्। केकीले म्युजिक भिडिओमा काम गरेको यो पहिलो भने होइन यसअघि पनि उनले थुप्रै भिडिओमा काम गरिसकेकी छिन्।
उनले साउनको दोस्रो साता मायाको घरबार बोलको गीतमा अभिनय गरिन्। जुन खासै चर्चामा आउन सकेन्। पुरूषोत्तम सुवेदी र अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीतमा केकीसँगै नायक पुष्प खड्काको अभिनय छ।

त्यस्तै साउनको मध्यतिर गायक प्रकाश सपूतको ‘बदला बरीलै’ गीतमा गरेको अभिनयसँगै केकीको चर्चा भयो। उक्त गीतलाई अहिलेसम्म ६५ लाखभन्दा बढीले हेरेका छन्। केही दिन अगाडि मात्र केकीले समिक्षा अधिकारी र मनिष श्रेष्ठको स्वरमा रहेको ‘न भेटेको दुई दिन भो’ गीतमा उनले अभिनय गरेकी छिन्।
चलचित्रको छायांकन तथा प्रमोशनको बाहेकका अन्य काम पनि भइरहेको भन्दै केकीले भनिन्, “चलचित्रका अलवा अन्य थुप्रै काम भइरहेको छ। घर परिवारलाई पनि समय दिन पाएकी छु। त्यही फुर्सदबाट बचेको समयमा म्युजिक भिडिओमा काम गरेकी हुँ।”
चलचित्रका कलाकार भएर म्युजिक भिडिओ नखेल्ने भन्ने कुरै नरहेको उनले बताइन्। “आफूभित्र रहेको कला प्रस्तुत गर्ने हो। चलचित्रकर्मीले म्युजिक भिडिओमा नखेल्ने, मोडलहरूले चलचित्र नखेल्ने भन्ने कुरै हुँदैन। दुवै क्षेत्र भने आफूभित्र रहेको कला देखाउने हो। के सहज लाग्छ, त्यही गर्नुपर्छ।” उनले भनिन्।
आँचल शर्मा
नाम चलेका चलचित्रहरूमा अभिनय गरिसकेकी आँचल यतिबेला फुर्सदमा छिन्। त्यो फुर्सद भनेको चलचित्रको कामका लागि मात्र हो। म्युजिक भिडिओबाटै चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले कोरोना कहरकाबीच ६ वटा गीतमा अभिनय गरिन्।
उनको अभिनय रहेका अधिकांश गीत निकै चर्चामा रहे। “अहिले फुर्सदमा छौं। चलचित्रको काम नभएपछि म्युजिक भिडिओमा काम गर्ने मौका पाइरहेकी छु,” आँचलले भनिन्।
स्वस्तिमा खड्का
अर्की नायिका स्वस्तिमा खड्काले पनि यो अवधिमा ४ वटा म्युजिक भिडिओमा काम गरिन्। उनले काम गरेकामध्ये दुई वटा गीत निकै हिट भए। भने दुई वटाले सन्तोषजनक भ्यूज आए।
लकडाउन लम्बिदैं गएपछि उनले त्यो समयको सदुपयोग गर्ने अनेकन उपाय खोज्न थालिन्।
स्वस्तिमाले लकडाउनमा चलचित्र हेर्ने, घरपरिवारसँग रमाइलो गर्ने, किताव पढ्ने लगायतका काम बढी गरिन्। उनले आफ्नो युट्युब च्यानललाई पनि नयाँ-नयाँ भिडिओहरू अपलोड गरेर सक्रिय राखिन्।
पटक-पटक आग्रह आएकोले राम्रो गीतमा मात्र काम गर्न तयार भएको उनी बताउँछिन्।
पूजा शर्मा
एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा विवादमा मुछिएकी नायिका पूजाले लकडाउनयता ५ वटा म्युजिक भिडिओमा अभिनय गरिन्। सबै भिडिओमा राम्रो भ्यूज छ।
सधै तनाव लिएर बसिराख्नु भन्दा पनि आफ्नो व्यवसायीक कामलाई अगाडि बढाएको पूजा बताउँछिन्। चलचित्रको काम बन्द हुँदा म्युजिक भिडिओलाई प्राथमिकता दिएको उनले बताइन्।
त्यस्तै वर्षा राउत, वर्षा सिवाकोटी, एलिजा गौतम र निता ढुंगानाले पनि यो बीचमा विभिन्न म्युजिक भिडिओमा अभिनय गरे ।
नायिकाहरू महंगो पारिश्रमिक लिएर म्युजिक भिडिओमा काम गर्दा म्युजिक भिडिओका मोडलहरू भने सस्तो पारिश्रमिकमा काम गर्न बाध्य भएको एक मोडलको भनाइ छ।
" /> काठमाडौं। कोरोना महामारीका कारण चलचित्र क्षेत्रको काम ठप्प छ। यतिबेला चलचित्रकर्मीहरू फुर्सदमा छन्। फुर्सदको समयमा भने उनीहरू खाली भने बसेका छैनन्।उनीहरू कुनै न कुनै काममा व्यस्त देखिएका छन्। म्युजिक भिडिओको काम भने चलिरहेको छ।

">