दुर्गेश थापाले चलचित्र ‘ए मेरो हजुर ४’मा अभिनयसँगै गीत पनि गाउने
काठमाडौं। अनमोला केसी र सुहाना थापा स्टारर चलचित्र 'ए मेरो हजुर ४' मा गायक तथा मोडल दुर्गेश थापा जोडिएका छन्।

कोरोना महामारीबाट बच्न देशभर लकडाउन गरिएपछि अधुरैमा छायांकन रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’ मा उनी गायक र कलाकारको रूपमा जोडिएका हुन्। निर्देशक तथा अभिनेत्री झरना थापा, निर्माता सुनिल कुमार थापा र उनीबीच आज एक सम्झौता भएको हो।

दुर्गेशले चलचित्रमा अभियनसँगै एक गीतमा आवाज दिने निर्माता सुनिलकुमार थापाले जानकारी दिए। तर, चलचित्रमा उनको भूमिका भने खुलाइएको छैन्। कथाको माग अनुसार चलचित्रका लागि एक जना गायक र कलाकारको आवश्यक परेपछि दुर्गेशलाई भित्र्याइएको निर्माता थापाको भनाई छ।

दुर्गेशले सामाजिक सञ्जाल फेसबुकमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेसँगका केही तस्विर सार्वजनिक गर्दै चलचित्रसँग जोडिनपाउँदा खुशी व्यक्त गरेका छन्।

कोरोनाको महामारी अन्त्य भएपछि ‘ए मेरो हजुर ४’ को बाँकी छायांकन सुरु हुनेछ। गत चैत्रमा लकडाउन हुनु अगाडि नै ५० प्रतिशत छायांकनको काम सकिएको थियो। अब बाँकी रहेको काम बढीमा १५ दिनमा सकिने थापाले बताए। चलचित्रलाई यो दशैंमा प्रदर्शनमा ल्याउने तयारी थियो। तर, कोरोना महामारीका कारण रोकियो।

अनमोल र सुहानाले दोस्रो पटक स्क्रिन शेयर गर्न लागेका हुन्। यसअघि उनीहरूले 'ए मेरो हजुर ३' मा सँगै काम गरेका थिए। चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेतको मूख्य भूमिका छ।

प्रतिक्रिया दिनुहोस्