करण जोहरको प्रष्टोक्ति- 'न ड्रग्स लिन्छु, न यसको प्रचार गर्छु'

एजेन्सी। बलिउडमा यतिबेला लागुऔषध (ड्रग्स) को विषय चर्चाको शिखरमा छ।

रिया चक्रवर्ती, दीपिका पादूकोणदेखि लिएर सारा अलि खानसमेत यो प्ररकणमा मुछिएका छन्। उनीहरूविरुद्ध नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान पनि गरिरहेको छ।

यहि प्रकरणमा बलिउडका ठूल्ठूला हस्तिहरूको समेत नाम सार्वजनिक भइरहेको छ। आफ्नो नाम समेत जोडिएपछि बलिउड निर्देशक करन जोहरले यसबारे प्रष्टोक्ति दिएका छन्।

उनले ट्वीटरमार्फत विज्ञप्ती जारी गर्दै भनेका छन्, "न म कहिले लागुऔषध प्रयोग गर्छु। न त म यसको प्रचार नै गर्छु। मेरो र मेरो परिवार तथा धर्मा प्रोडक्शनका बारेमा जुन कुरा बाहिर आइरहेको छ। त्यो बकवास हो। यसमा कुनै सत्यता छैन्।"

तर, ब्यूरोले करनको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनसँग जोडिएका प्रोड्यूसर क्षितिज रवि प्रसादलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

क्षितिजको घरमा ब्यूरोले छापा मारेको थियो। उनको घरमा थोरै मात्रामा लागुऔषध भेटिएको बताइएको छ।

करनले आफ्नो घरमा आयोजना गर्ने पार्टीमा समेत लागुऔषध प्रयोग गरेका कुराहरू बाहिरिएका छन्। तर, यसैबीच उनले आफ्नोबारे गलत सूचना सम्प्रेशण नगरिदिन मिडियाकर्मीलाई समेत आग्रह गरेका छन्।

सन् २०१९ मा पनि उनीमाथि लागुऔषध प्रयोग गरेर घरमा पार्टी गरेको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस्