काठमाडौं। गोठालो या मेलापातमा जाँदा होस्, उनको मुखबाट गीत आईहाल्थ्यो। सानैदेखि गीतप्रति उनको लगाब बढी थियो। स्कूलमा हुने कार्यक्रमदेखि चाडवाड, विहेबटुलोलगायतको सांस्कृतिक कार्यक्रममा उनी पुगिहाल्थे।
त्यही लगाबका कारण रोल्पाको रोल्पा नगरपालिका-८ जंकोटका शनि विश्वकर्माले १८ वर्षको उमेरमै पहिलो राष्ट्रियस्तरको प्रतियोगितामा लोकस्टारको उपाधी जिते।
उनै शनिको स्वरमा रहेको गीत ‘झुम्का झलक्कै’ चर्चामा छ। लोकस्टारको उपाधी जितेपछि उनको यो पहिलो व्यवसायीक गीत हो। “पहिलो गीतबाटै एकदम राम्रो प्रतिक्रिया पाएको छुँ। धेरैले मन पराइदिनुभएको छ। भिडिओ पनि राम्रै बनेको छ। यसले मलाई अझ काम गर्ने हौसला दियो।” गायक शनिले भने।
कोरोना महामारीका कारण उनले आफ्नो प्रस्तुती सार्वजनिक गर्न केही ढीला भएको बताए। आफ्नो प्रेरणाको स्रोत उनले ठूलोबुवालाई मान्छन्।
उनको परिवारमा त संगीत क्षेत्रमा लागेको कोही छैन्। तर, ठूलोबुवा भने गीत गाउने गर्छन। ठूलोबुवाकै संगतबाट उनले आफूलाई गायन क्षेत्रमा लगाएर आफूभित्रको प्रतिभालाई चिन्ने मौका पाए।

२५ पुस २०५८ मा जन्मिएका शनि गाउँकै विद्यालयमा कक्षा ८ सम्म अध्ययनपछि सदरमुकाम लिवाङको बालकल्याण नमूना माविमा पढ्न गए। कक्षा १२ सम्मको अध्ययन उनले दाङबाट पूरा गरेका हुन्।
११ वर्षको उमेरमा पहिलोपटक स्टेजमा गीत गाएको उनी स्मरण गर्छन्।
लोकस्टारमा भाग लिन काठमाडौं छिरेका उनलाई यही काठमाडौंले धेरै कुरा सिकायो। दाङमा प्लस टूमा मानविकी पढेका शनि काठमाडौं आएपछि भने संगीत नै पढ्न थाले।
“आफ्नो जीवन नै गीत संगीतका लागि समर्पित भइसकेको छ। अब यसैमा के कति गर्न सकिन्छ। इमान्दार भएर लाग्नेछु,” उनले सुनाए, “दर्शक स्रोतको मायाले गर्दा आज म यो ठाउँमा पुग्न पाएको छु। भर्खर सिकिरहेको शिकारू मात्र हुँ। अझै धेरे सिक्न बाँकी छ।”
केही समयमा अर्को गीत ल्याउने तयारीमा रहेको उनले बताएका छन्।
" /> काठमाडौं। गोठालो या मेलापातमा जाँदा होस्, उनको मुखबाट गीत आईहाल्थ्यो। सानैदेखि गीतप्रति उनको लगाब बढी थियो। स्कूलमा हुने कार्यक्रमदेखि चाडवाड, विहेबटुलोलगायतको सांस्कृतिक कार्यक्रममा उनी पुगिहाल्थे।त्यही लगाबका कारण रोल्पाको रोल्पा नगरपालिका-८ जंकोटका शनि विश्वकर्माले १८ वर्षको उमेरमै पहिलो राष्ट्रियस्तरको प्रतियोगितामा लोकस्टारको उपाधी जिते।

">