कोरोनाबाट भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन <p>एजेन्सी। भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ। कोरोना संक्रमणपछि उपचाररत ७४ वर्षीय एसपी बालासुब्रमण्यको चेन्नईस्थित एक अस्पतालमा निधन भएको हो।</p> <p>पछिल्ला दिनहरूमा उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिँदै&nbsp;गएको थियो। उनमा ५ अगस्टमा कोरोना पोजेटिभ देखिएको थियो। उनका छोरा चरण एसपीले एमजीएस अस्पतालमा निधन भएको पुष्टि&nbsp;गरे।</p> <p>विभिन्न भाषाका ४० हजार बढी गीत गाएका एसपीले&nbsp;६ पटक नेशनल अवार्ड जितेका थिए। उनले &#39;हम आपके हैं कौन&#39; लगायतका गीतमा उनले आवाज दिएका थिए।</p> <p>त्यस्तै चेन्नई एक्प्रेसको टाइटल गीत पनि बालासुब्रामण्यमले नै गाएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्