आकाशको नयाँ चलचित्रमा शिव र सौगात
<p>काठमाडौं। चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नयाँ चलचित्रको घोषणा गरेका छन्। नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकारसँग सम्झौता गरिएको उनले बताएका छन्।</p>
<p>चलचित्रमा सौगत मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहने निश्चित भइसकेको छ। चलचित्रमा नायक शिव श्रेष्ठको समेत भूमिका रहने उनले जानकारी दिएका छन्। दी स्काई मुभिजको ब्यानरको सातौं प्रस्तुति रहने यो चलचित्रमा आकाश आफैँले पनि अभिनय गर्नेछन्। सस्पेन्स थ्रिलर कथामा निर्माण गर्न लागिएको आकाशको भनाई छ।</p>
<p>आकाशको कथा तथा निर्देशन रहने यो चलचित्रमा दिप्त प्रकाश अधिकारी सहायक निर्देशक, नव विजय प्रकाश श्रेष्ठ, विजय उप्रेती, सजल लोप्चनको पटकथा तथा संवाद, नवराज कृष्ण थापाको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, राजनराज सिवाकोटी र शिखर सन्तोषको संगीत रहनेछ।</p>
<p>चलचित्रका लागि नायिका भने अझै टुङ्गो लागि नसकेको नभएको उनको भनाई छ। आकाशले यसअघि 'पन्छी', 'क्रोध', 'काठमाण्डु’ लगायतका चलचित्रको निर्माण तथा निर्देशन गरेका थिए। नायिका तथा केही अन्य कलाकारको छनोट बाँकी रहेको र तिहार लगत्तै छायांकनमा जाने उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
